अत्याधुनिक मेसिन भित्रीएसगै फोहोरलाई श्रोतमा परीणत गर्दै भीमेश्वर

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

दोलखा २२ असार । फोहोरलाई उचित व्यवस्थापन गर्न नसक्नु अहिले सरोकारवाला निकायको टाउको दुखाईको विषय भएको छ। तर, फोहोर चिन्न नसकेमा मात्र यो टाउको दुखाईको विषय बन्छ ।
प्रत्येक नागरिकले सामाजिक दायित्व महसुस गरेर योगदान गरे मात्र “स्वच्छ भीमेश्वर, सफा भीमेश्वर” अभियान सफल हुने भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मान्धारले विश्वास व्यक्त गर्नु भयो ।
भीमेश्वर नगरपालिकाका भित्र रहेको फोहोरलाई मोहोरमा परीणत गर्ने योजना अनुरुप नै मेयर मानन्धर नेतृत्वको टिम तिब्र रूपमा निरन्तर लागेको कारण १ बर्षमा सामुदायिक बन उपभोक्ता समुहसग समन्वय गरी तत्काल फोहोर ब्यबस्थापन गर्न सफल र फोहोर सरसफाई केन्द्रलाइ फोहोर सरसफाइ ज्ञान केन्द्रको रूपमा अगाडि बढाउने समेत प्रष्ट पार्नुभयो ।
उहाँले फोहोरमैला सङ्कलन केन्द्र, स्थानान्तरण केन्द्र वा प्रशोधन स्थलमा फालिएको वा राखिएको फोहोरमैला वा सरसफाइको सिलसिलामा जम्मा भएको फोहोरमैलाको प्रबन्ध गर्ने वा कुनै पनि किसिमबाट प्रयोग गर्ने जिम्मेवारी स्थानीय निकायको हुने व्यवस्था अनुरुप नगर तथा जिल्लाभरको वातावरणलाई स्वच्छ, सफा र हराभरा राखिराख्न नगरले निरन्तर वातावरण मैत्री क्रियाकलापहरु गरीरहने बताउभयो ।

दोलखाको भीमेश्वर नगरपालिकाले बागमती प्रदेश मुख्यमन्त्रीको कार्यालय अन्तर्गत नवप्रवर्द्धन साझेदारी कोष कार्यक्रम मार्फत १ करोड ४२ लाख (७० प्रतिशत) र भीमेश्वर नगरपालिकाको ६१ लाख (३० ) प्रतिशत गरी कुल २ करोड ३ लाख लागत साझेदारीमा सडक बिस्तार, ट्रस ,गेट लगायतका संरचना समेत निर्माण भइ अत्याधुनिक प्रविधि सहितको फोहोर सरसफाई केन्द्र सन्चालनमा आएको छ ।

भीमेश्वर नगरपालिका वडा न ६ सिम्पानी सामुदायिक बन रामकोट क्षेत्र भित्र भीमेश्वर नगरपालिका भित्रका फोहोरलाई स्रोतमा परिणत गर्ने अत्याधुनिक प्रविधि सहितको मेसनहरु संचालनममा आएको इन्जिनियर एवंम् फोहोरमैला व्यवस्थापन फोकलपर्सन नारायण शिवाकोटीले जानाकारी दिनु भयो l
नगरपालिकाले हाल कुहिने र नकुहिने फोहोरलाई संकलन , पुनः बर्गीकरण गरि प्लास्टिक झोला ,प्लास्टिक बोतल धातु जन्य फोहोर ,कागज काटुन वा अन्य नकुहिने फोहोर अलग अलग छुट्याइ पुनरचक्रमा पठाउने, प्लास्टिकमा भएको फोहोरलाई सफा गर्ने त्यसलाई कम्यक्सन गरेर पुनरचक्रनमा पठाउने, प्लास्टिकको बोतल टुक्रा पार्ने मेसनबाट टुक्रा बनाउने र पुनरचक्रनमा पठाउने, कागजजन्य लगाएतको फोहोरलाई कम्यक्सन गरेर पुनरचक्रनमा पठाउने र सिसा जन्य फोहोरलाई सिसा टुक्रा बनाउने र बाकि रहेको २५ प्रतिशत फोहोरलाई सुरक्षित तरिकाले विसर्जन गरी ब्यबस्थापन गर्ने फोकलपर्सन शिवाकोटीले बताउनु भयो ।

भीमेश्वर नगरपालिकाको फोहोर व्यवस्थापनको लागि नगरपालिकामा नेतृत्व स्तरमा छलफल ,टोल विकास संस्था लागाएका सरकारवाला संग स्थानीयस्तरमा गइ छलफल, स्रोतमा नै फोहोर छुट्याइएर सहयोग गर्ने घरदैलो अभिनयन संचालन , स्थानीय रेडियो मार्फत सरसफाई सम्बन्धि सुचना प्रवाह प्रत्येक टोलमा सर्वसाधारण जनताको लागि कुहिने , नकुहिने र सिसा जन्य फोहोर सङ्कलन गर्ने तालिकाको बारेमा जानकारी गरि अनुगमन, मुल्यांकन र पृष्टपोषण प्रदान कार्य समेत संचालनगर्ने गरेको भिमेश्वर नगरपालिकाले जानकारी दिएको छ।
भीमेश्वर नगरपालिकाले फोहोर व्यवस्थापन गर्न कुहिने नकुहिने र सिसा जन्य फोहोरलाई अलग अलग छुट्यान ५ जना ,२ सवारी चालक, १ सुपरभाइजर, प्रत्येक सवारी साधन २ जना सरसफाई कर्मचारी सहित जम्मा १२ जना कर्मचारी नियुक्त गरिएको भीमेश्वर नगरपालिकाले बताएको छ ।

भीमेश्वर नगरपालिकामा हाल दैनिक २ टन फोहोर सङ्कलन हुन्छ ।

भीमेश्वर नगरपालिकाको फोहोर व्यवस्थापन विगत देखि वर्तमान सम्म :

वि.स. २०५३ सालमा भीमेश्वर नगरपालिकाले मान्यता पाए संगै २०५४ सालमा दुई ठेलागाडाहरु बाट फोहोर उठाई सडक बिभाग नजिक ६/७ महिना, २०५५ सालमा चर्नावती जंगल नजिक १ वर्ष, २०५६ सालमा बर्षे डाँडापारी सामुदायिक वनको सडक छेउमा २०६२ सम्म डम्पिङ साइटमा फोहोर संगलन गरि व्यवस्थापन गरिन्थियो भने २०६३ सालमा बर्षे डाँडापारी सामुदायिक बन क्षेत्र भित्र ल्याण्डफिल्ड साइट, २०६३ देखि २०६८ फाल्गुन सम्म सिताकुण्ड सामुदायिक बन क्षेत्र पुनः डम्पिङसाइट, २०७९ साल चैत्रबाट भीमेश्वर नगरपालिका वडा न ६ सिम्पानी सामुदायिक बन क्षेत्र भित्र रामकोटमा सरसफाई केन्द्र स्थापना गरि स्रोतममा फोहोर छुट्टयाने, कुहिने फोहोर बाट प्रांङ्गरीक मल बनाउने फोहोर स्रोतको रुमममा परिणत गर्ने अत्याधुनिक प्रविधि भित्र्याइएको भीमेश्वर नगरपालिका इन्जिनियर सुरेश राउतले जानकारी दिनु भयो ।


विकासका प्रयासहरूलाई वातावरणमैत्री बनाई दिगो विकास हासिल गर्न वातावरण संरक्षण ऐन-२०७६, वातावरण संरक्षण नियमावली-२०७७, स्थानीय सरकार सञ्चालन ऐन-२०७४, वन ऐन-२०७६, फोहोरमैला व्यवस्थापन ऐन-२०६८ तथा फोहोरमैला व्यवस्थापन नियमावली-२०७० तर्जुमा भई कार्यान्वयनमा रहेका छन्। (वातावरणमैत्री स्थानीय शासन प्रारूप, २०७८)
नेपाल सरकारको ‘फोहोरमैला व्यवस्थापन ऐन, २०६८’ को परिच्छेद–२ फोहोरमैला उत्पादन, सङ्कलन, न्यूनीकरण तथा निष्काशन सम्बन्धी व्यवस्थाको दफा ३ पेज ५ अनुसार फोहोरमैलाको व्यवस्थापन गर्न विभिन्न व्यवस्था गरिएको छ। यसमा स्थानान्तरण केन्द्र (ट्रान्सफर स्टेशन), ल्याण्डफिल साइट, प्रशोधन प्लान्ट, कम्पोष्ट प्लाण्ट, बायो ग्यास प्लाण्ट लगायत फोहोरमैलाको सङ्कलन, अन्तिम विसर्जन तथा प्रशोधनका लागि आवश्यक पर्ने पूर्वाधार तथा संरचनाको निर्माण तथा सञ्चालन गर्ने व्यवस्था छ।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.