हाजिरी वरियताका विषयलाइ लिएर हलेश्वर नमुना मा बि का प्रधानाध्यापकद्वारा शिक्षक माथि आक्रमण
साझा दृष्टि संवाददाता
दोलखा, २४ जेठ । दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ५ स्थित हलेश्वर माविका प्रधानाध्यापक बिक्रम खड्काले आफ्नै विद्यालयका एक शिक्षक माथि साङ्घातिक आक्रमण गरेका छन् ।
प्रधानाध्यापक खड्काले विद्यालयका प्राविधिक धार तर्फ कार्यरत शिक्षक उपेन्द्र प्रसाद सिम्खडालाई उनकै निवासमा गएर आक्रमण गरेका हुन् ।
मङ्गलबार दिउँसो विद्यालयमा हाजिरी वरियताका विषयमा सामान्य विवाद भएको र त्यही विवादको विषयलाई लिएर सोही दिन साँझ करिब साँढे सात बजे शिक्षक सिम्खडाकै कोठामा गई प्रअ खड्काले आक्रमण गरेका हुन् । आक्रमणबाट घाईते शिक्षक सिम्खडाले प्रधानाध्यापक खड्का सहित विद्यालयमै कार्यरत अर्का शिक्षकद्वय धिरज कार्की र नविन खड्का सहित झण्डै आधा दर्जन मानिसहरु कोठामा प्रवेश गरी आफूलाई निर्घात कुटपिट गरेको बताए । घटनाका सम्बन्धमा जानकारी गराउँदा ईलाका प्रहरी कार्यालय गुरुम्फीले उजुरी लिन नमानेको शिक्षक सिम्खडाको भनाई छ ।

स्रोतका अनुसार चौकीका इन्चार्ज बरिष्ठ सई वासुदेब थापाले जाहेरी लिन इन्कार गर्दै न्यायिक समिति मार्फत घटना मेलमिलाप गराउन चाहेका थिए । जबकी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ अनुसार कुटपिट र आक्रमणको घटना न्यायिक समितिको अधिकार क्षेत्रमा पर्दैन ।
गौरीशङ्कर ५ का स्थायी बासिन्दा प्रधानाध्यापक खड्का नेकपा एमाले निकट शिक्षक सङ्गठनका गौरीशङ्कर गाउँपालिका अध्यक्ष हुन् । शैक्षिक योग्यताका हिसाबले कक्षा १२ मात्र उत्तीर्ण उनी राजनीतिक आडमा हालै कक्षा १२ सम्म पढाई हुने हलेश्वर नमुना माध्यमिक विद्यालयको प्रधानाध्यापक बनेका थिए । स्थानीयका अनुसार विद्यालय व्यवस्थापन समितिले विद्यालयमा कार्यरत माध्यमिक तहका स्थायी शिक्षक हुँदाहुँदै खड्कालाई प्रधानाध्यापक बनाएको थियो । सैपाल न्युजमा खबर छ
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाताकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...
पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...
