हाजिरी वरियताका विषयलाइ लिएर हलेश्वर नमुना मा बि का प्रधानाध्यापकद्वारा शिक्षक माथि आक्रमण

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

दोलखा, २४ जेठ । दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ५ स्थित हलेश्वर माविका प्रधानाध्यापक बिक्रम खड्काले आफ्नै विद्यालयका एक शिक्षक माथि साङ्घातिक आक्रमण गरेका छन् ।
प्रधानाध्यापक खड्काले विद्यालयका प्राविधिक धार तर्फ कार्यरत शिक्षक उपेन्द्र प्रसाद सिम्खडालाई उनकै निवासमा गएर आक्रमण गरेका हुन् ।
मङ्गलबार दिउँसो विद्यालयमा हाजिरी वरियताका विषयमा सामान्य विवाद भएको र त्यही विवादको विषयलाई लिएर सोही दिन साँझ करिब साँढे सात बजे शिक्षक सिम्खडाकै कोठामा गई प्रअ खड्काले आक्रमण गरेका हुन् । आक्रमणबाट घाईते शिक्षक सिम्खडाले प्रधानाध्यापक खड्का सहित विद्यालयमै कार्यरत अर्का शिक्षकद्वय धिरज कार्की र नविन खड्का सहित झण्डै आधा दर्जन मानिसहरु कोठामा प्रवेश गरी आफूलाई निर्घात कुटपिट गरेको बताए । घटनाका सम्बन्धमा जानकारी गराउँदा ईलाका प्रहरी कार्यालय गुरुम्फीले उजुरी लिन नमानेको शिक्षक सिम्खडाको भनाई छ ।


स्रोतका अनुसार चौकीका इन्चार्ज बरिष्ठ सई वासुदेब थापाले जाहेरी लिन इन्कार गर्दै न्यायिक समिति मार्फत घटना मेलमिलाप गराउन चाहेका थिए । जबकी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ अनुसार कुटपिट र आक्रमणको घटना न्यायिक समितिको अधिकार क्षेत्रमा पर्दैन ।
गौरीशङ्कर ५ का स्थायी बासिन्दा प्रधानाध्यापक खड्का नेकपा एमाले निकट शिक्षक सङ्गठनका गौरीशङ्कर गाउँपालिका अध्यक्ष हुन् । शैक्षिक योग्यताका हिसाबले कक्षा १२ मात्र उत्तीर्ण उनी राजनीतिक आडमा हालै कक्षा १२ सम्म पढाई हुने हलेश्वर नमुना माध्यमिक विद्यालयको प्रधानाध्यापक बनेका थिए । स्थानीयका अनुसार विद्यालय व्यवस्थापन समितिले विद्यालयमा कार्यरत माध्यमिक तहका स्थायी शिक्षक हुँदाहुँदै खड्कालाई प्रधानाध्यापक बनाएको थियो । सैपाल न्युजमा खबर छ

युवा सकारात्मक परिवर्तनका संवाहक हुन
1 घण्टा अगाडि साझा दृष्टि संवाददाता

नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा निति २०७२ ले १६ देखि ४० बर्षको उमेर समूहलाई...

स्व. गिरिजाप्रसाद कोईरालाको स्मृतिमा सभापति लामाले गरे निःशुल्क कोचिङ कक्षाको उद्घाट
2 घण्टा अगाडि राजन बस्नेत

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व पाटि सभापति स्व. गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसका अवसरमा जी.पी. कोईराला फाउन्डेसन...

नयाँ वर्षको अवसर पारी चरिकोटमा स्ट्रिट फुड फेस्टिभलको आयोजना गरीने
राजन बस्नेत

सडकमै खाऔँ, सडकमै रमाऔँ – रैथाने स्वाद र संस्कृतिसँगै नयाँ वर्ष चरिकोटमा मनाऔँ भन्ने नारासहित नयाँ वर्षको अवसरमा चरिकोटमा...

नेपाल विद्यार्थी संघ दोलखाको क्षेत्रीय अध्यक्षमा नोर्गेन शेर्पा र सन्देश कोइराला चयन
राजन बस्नेत

नेपाल विद्यार्थी संघ (नेविसंघ) दोलखाले क्षेत्र नं १ (प्रदेश सभा ‘क’ र ‘ख’) का अध्यक्षहरू चयन गरेको छ। संगठनले...

अष्ट्रेलिया पढ्न जान ‘ ग्लोबल कन्सल्टमा भर्ना अभियान’
राजन बस्नेत

काठमाण्डौं , विदेशमा पढ्न जाने विद्यार्थीहरु माझ भरपर्दो कन्सल्टेन्सीका रुपमा परिचित ग्लोबल कन्सल्ट काठमाण्डौंले  ‘अष्ट्रेलिया एडमिसन डे’ को आयोजना...

९८.९९ प्रतिशत अंक दाबी गरेका कुलमानलाई सरकारले दियो शून्य अंक
साझा दृष्टि संवाददाता

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शून्य नम्बर दिएको छ। आर्थिक वर्ष २०८०/८१...

.