काङ्ग्रेस सग दुइ विकल्प छ:नेतृत्व सुध्रिने कि सक्किने काङ्ग्रेस नेता केसी
साझा दृष्टि संवाददाता
राजन बस्नेत
दोलखा १२ जेष्ठ । नेपाली काङ्ग्रेस पार्टीका नेता जगदीश्वर नरसिंह केसीले काङ्ग्रेस सग दुइ विकल्प रहेको त्यो नेतृत्व सुध्रिने कि सक्किने भन्ने पार्टी नेतृत्व एक लौटी ढङ्गबाट अगाडि बढेको आरोप लागाउनु भएको छ ।
दोलखा सदरमुकाम चरिकोट स्थित नेपाली काङ्ग्रेसको पार्टी कार्यलयमा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसको हालको नेतृत्व एक लौटी ढङ्गबाट अगाडि बढेको र नेतृत्व एक लौटी ढङ्गबाट अगाडि बढ्दा नेपाली काङ्ग्रेसको बिरासत र गरिमामा आच आएको
जिकिर गर्नुभयो ।
नेपाली काङ्ग्रेसले अगालेको र बिपि कोइरालाले प्रतिपादन गरेको सिद्धान्त बिपरीत काङ्ग्रेस नेतृत्व अगाडि बढेको भन्दै नेतृत्वलाई सकारात्मक ढङ्गबाट बिपिको बिचारमा अडिक रहेर
काङ्ग्रेसको सिद्धान्त र बिधान अनुसार चल्ल समेत नेतृत्वलाई सुझाउनु भएको छ ।
नेपाली काङ्ग्रेसको भातृ भगिनी तथा सुबेछुक सस्थाहरु पनि
चलायमान नबन्दा काङ्ग्रेसको कार्यकतामा नैरास्यता छाएको
अबस्था सिर्जना भएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र पार्टीको कार्यसम्पादन समितिको निर्णय पनि कार्यन्वयन नहुनु बिडम्बना रहेको ठोकुवा गर्नुभयो ।
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य काङ्ग्रेस नेता मधु आचार्यले काङ्ग्रेस पार्टी हाल चौतर्फी घेराबन्दीमा परेको धारणा राख्दै काङ्ग्रेसले गरेको गल्तीलाई स्विकार्दै समस्याको समाधान तर्फ अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो
पार्टीलाई गम्भीर सङ्कट परेको बेला पार्टीलाई जिवन्त रुप दिन व्यापक छलफल तथा अन्तरक्रिया गरेर अगाडि बढ्नुपर्ने
र काङ्ग्रेसको क्रियाशील सदस्य बितरण न्यायोचित ढंगबाट
गरे काङ्ग्रेसलाई बलियो बनाउने तर कम्जोर नबनाउने स्पष्ट पार्नुभयो ।
तेसै गरि नेपाली काङ्ग्रेस दोलखाका पार्टी सभापति बर्मा लामाले काङ्ग्रेसका जिल्ला सभापतिहरुलाइ अधिकार सम्पन्न
बनाउने गरि बिधान संसोधन गर्न केन्द्रिय नेतृत्वले पहल गरि अघि बढ्न सुझाव पेस गर्दै काङ्ग्रेस को भातृ सस्था नेपाल विद्यार्थी संघको नेतृत्वले बिधान बिपरित गरेको निर्णय मान्न बाध्य नभएको समेत प्रष्ट पार्नुभयो ।
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
प्रधानमन्त्रीको निर्देशनपछि कुलमानले दिए राजीनामा
साझा दृष्टि संवाददाताचुनावी सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी लिएका कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिने उनको सचिवालयले बताएको छ। घिसिङले सुशीला कार्की...
बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाताकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...

