गौरीशंकरमा खस्यो ७ हजार ५ सय ७९ मत : कस्ले मार्ला बाजी

राजन बस्नेत

राजन बस्नेत

दोलखास्थित गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको मतगणना आज (आइतबार) सुरु नहुने भएको छ ।
९ नम्बर वडाको मतमेटिका गणनास्थल ल्याउन ढिला हुने भएकोले आज नै मतगणना गर्ने सम्भावना नरहेको हो ।

९ नम्बर वडा बेदुङबाट मतपत्र संकलन गर्न आज सम्भव नहुने भएकाले सोमबारबाट गणना हुने मतदान अधिकृत धर्मराज तामाङले साझा दृष्टी अनलाइन लाइ जानकारी दिए । ‘त्यहाँको मतदान सकेर आज नहिंड्ने कुरा रहेछ । त्यहाँ पुग्न हिंडेर दुई दिन लाग्ने रहेछ,’ तामाङले भने,‘हेलिकोप्टरले ल्याउने तयारी छैन । हिंडेर मतपत्र ल्याउँदा त ढिलै हुन्छ ।’ गौरीशंकरमा दुई मतदान केन्द्र छन् ।

कुल मतदाता १५ हजार ७ सय १८ ,मतदान स्थल १२ मतदान केन्द्र २१ रहेको स्थानीय तहको उपनिर्वाचन अन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिकामा प्रमुख दलका उम्मेदवारहरु वीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

गौरीशंकरको उपाध्यक्षका लागि दलगत र स्वतन्त्र गरी १६ जनाको मनोनयन दर्ता भएको छ ।
कांग्रेसबाट पासदिकी तामाङ शेर्पा, एमालेबाट उमा मगर शेर्पा, माओवादी केन्द्रबाट निमलेकी शेर्पा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोमा श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट रविना खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मनकुमारी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) बाट सपना कार्की खड्का उम्मेदवार छन् ।
त्यस्तै, स्वतन्त्रबाट अप्सरा विश्वकर्मा, अम्बिका श्रेष्ठ, दीपक तामाङ, दिलबहादुर बस्नेत, द्वारिका बुढाथोकी, पुष्पा कार्की, मधुरा कार्की, शिव शम्भु तामाङ र सर्कीमा शेर्पा उम्मेदवार छन् ।

गौरीशंकर गाउपालिकाको निर्वाचनमा कुल मतदाताको ४८. २८ प्रतिशत मत खसेको छ ।

मतदान विहान ७ बजेदेखि सुरु भएकोमा हालसम्म ७ हजार ५ सय ७९ मत खसेको हो ।
कुन वडामा कति मत ?

वडा नं १- ७९२

वडा नं २- ७७४

वडा नं ३- ८७१

वडा नं ४ – ९१७

वडा नं ५ – १६८४

वडा नं ६- ६४८

वडा नं ७ -७८४

वडा नं ८- ८०२

वडा न ९- ५०७

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
11 घण्टा अगाडि साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.