गौरीशंकरमा खस्यो ७ हजार ५ सय ७९ मत : कस्ले मार्ला बाजी

राजन बस्नेत

राजन बस्नेत

दोलखास्थित गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको मतगणना आज (आइतबार) सुरु नहुने भएको छ ।
९ नम्बर वडाको मतमेटिका गणनास्थल ल्याउन ढिला हुने भएकोले आज नै मतगणना गर्ने सम्भावना नरहेको हो ।

९ नम्बर वडा बेदुङबाट मतपत्र संकलन गर्न आज सम्भव नहुने भएकाले सोमबारबाट गणना हुने मतदान अधिकृत धर्मराज तामाङले साझा दृष्टी अनलाइन लाइ जानकारी दिए । ‘त्यहाँको मतदान सकेर आज नहिंड्ने कुरा रहेछ । त्यहाँ पुग्न हिंडेर दुई दिन लाग्ने रहेछ,’ तामाङले भने,‘हेलिकोप्टरले ल्याउने तयारी छैन । हिंडेर मतपत्र ल्याउँदा त ढिलै हुन्छ ।’ गौरीशंकरमा दुई मतदान केन्द्र छन् ।

कुल मतदाता १५ हजार ७ सय १८ ,मतदान स्थल १२ मतदान केन्द्र २१ रहेको स्थानीय तहको उपनिर्वाचन अन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिकामा प्रमुख दलका उम्मेदवारहरु वीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

गौरीशंकरको उपाध्यक्षका लागि दलगत र स्वतन्त्र गरी १६ जनाको मनोनयन दर्ता भएको छ ।
कांग्रेसबाट पासदिकी तामाङ शेर्पा, एमालेबाट उमा मगर शेर्पा, माओवादी केन्द्रबाट निमलेकी शेर्पा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोमा श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट रविना खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मनकुमारी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) बाट सपना कार्की खड्का उम्मेदवार छन् ।
त्यस्तै, स्वतन्त्रबाट अप्सरा विश्वकर्मा, अम्बिका श्रेष्ठ, दीपक तामाङ, दिलबहादुर बस्नेत, द्वारिका बुढाथोकी, पुष्पा कार्की, मधुरा कार्की, शिव शम्भु तामाङ र सर्कीमा शेर्पा उम्मेदवार छन् ।

गौरीशंकर गाउपालिकाको निर्वाचनमा कुल मतदाताको ४८. २८ प्रतिशत मत खसेको छ ।

मतदान विहान ७ बजेदेखि सुरु भएकोमा हालसम्म ७ हजार ५ सय ७९ मत खसेको हो ।
कुन वडामा कति मत ?

वडा नं १- ७९२

वडा नं २- ७७४

वडा नं ३- ८७१

वडा नं ४ – ९१७

वडा नं ५ – १६८४

वडा नं ६- ६४८

वडा नं ७ -७८४

वडा नं ८- ८०२

वडा न ९- ५०७

प्रहरीको ज्यादती : युवक माथी प्रहरीको बुट
राजन बस्नेत

चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा...

भीमेश्वर ५ वडा अध्यक्ष कप छात्र फुटबल प्रतियोगिताको उपाधि द राइजिङ स्टार स्कुल चरीकोटलाइ
राजन बस्नेत

भीमेश्वर नगरपालिका वडा नम्बर ५ द्वारा आयोजित दोस्रो जिल्लाब्यापी मा.वि. स्तरीय छात्र फुटबल प्रतियोगिता – २०८१ ‘वडा अध्यक्ष कप’...

विश्वकपमा इतिहास रच्दै नेपाली खो खो टोली महिला र पुरुष दुवै फाइनलमा
राजन बस्नेत

भारतमा जारी खो खो विश्वकपमा नेपालको पुरूष टोली पनि फाइनल प्रवेश गरेको छ । यसअघि महिला टोलीले फाइनलको यात्रा...

अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकालाइ
राजन बस्नेत

दोलखा  जिल्ला कप अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकाले हात पारेको छ । जिल्ला भलिबल संघ...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु
राजन बस्नेत

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु भएको छ । लामोसाँघु-जिरी सडक खण्डको सिन्धुपाल्चोक स्थित ८ किलो नजिकै दोलखाबाट काठमाडौं...

दोलखाको भीमेश्वरमा कांग्रेसलाइ जनताको साथ : उर्लियो जनमास
राजन बस्नेत

नेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमिति दोलखा द्वारा आयोजित नेपाली कांग्रेसका १०० दिने प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रम भब्य रुपमा...

.