हल्कारा चलचित्रमा नेताहरुको प्रतिक्रिया : ‘नेपालको वास्तविक अवस्थालाई यथार्थतामा उतारेको छ’

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चलचित्र हल्काराले अहिलेको नेपालको पीडिदायी अवस्थालाई यथार्थतामा उतारेको बताएका छन् । बुधवार काठमाडौंमा चलचित्रको प्रिमियर शोपछि सिने पत्रकारहरुसँगको कुराकानीमा उनले वैदेशिक यात्रामा जाने नेपालीहरु र उनीहरुले भोग्ने पीडा साथै गाउँमा परिवारले पाएको दुःखलाई चलचित्रमा राम्रो ढंगबाट देखाइएको बताएका हुन् ।

उनले रोजगारीका लागि विदेश जानेहरुको संवेदनालाई चलचित्रमा उतारिएको उल्लेख गरे । उनले वैदेशिक रोजगारीमा जाँदा चुकाइरहेको पारिवारिक मूल्यको उजागर चलचित्रमा उतारिएको बताए । उनले वैदेशिक रोजगारीमा जाँदा परिवारमा उत्पन्न समस्यालाई यथार्थमा उतारिएको बताए । उनले आजको पुस्ताले हिजोको नेपाली समाजबारे जान्नका लागि यो चलचित्र हेर्नैपर्ने बताए । उनले देशभित्र रोजगारीको अवस्था सिर्जना गर्नुपर्ने र नसके वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन जरुरी रहेको बताए ।

चलचित्र हेरिसकेपछि बोल्दै नेकपा एमाले सांसद रघुजी पन्तले हत्याराको कथा पहाडको कथा भएको बताए । उनले सिनेमामा वैदेशिक रोजगारीको बिडम्वना र त्इसबाट उत्पन्न सामाजिक र मानसिक समस्याहरु देखाइएको बताए । गाउँबाट रोजगारीका लागि शहर पस्ता उत्पन्न हुने समस्या सिनेमामा उतारिएको बताए ।

चलचित्र हेरिसकेपछि कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकक ज्ञानबहादुर शाहीले कथाले नेपाली वर्तमान वैदेशिक रोजगारीको समस्यालाई उजागर गरेको उल्लेख गरे । उनले चलचित्रले समाजमा भइरहेको रोजगारीबाट उत्पन्न समस्यालाई देखाइएकाके बताए । उनले बेरोजगारीको वास्तविकता चलचित्रमा उतारिएको बताए । त्यस्तै कलाकार शारदा गिरीले आफूले यस चलचित्रमा फरक अभिनय गरेको बताए ।

विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा
साझा दृष्टि संवाददाता

लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।२५...

दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
साझा दृष्टि संवाददाता

दोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न...

विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाता

काठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
साझा दृष्टि संवाददाता

काठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५...

नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाता

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...

नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाता

एसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ।  ...

.