हल्कारा चलचित्रमा नेताहरुको प्रतिक्रिया : ‘नेपालको वास्तविक अवस्थालाई यथार्थतामा उतारेको छ’


नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चलचित्र हल्काराले अहिलेको नेपालको पीडिदायी अवस्थालाई यथार्थतामा उतारेको बताएका छन् । बुधवार काठमाडौंमा चलचित्रको प्रिमियर शोपछि सिने पत्रकारहरुसँगको कुराकानीमा उनले वैदेशिक यात्रामा जाने नेपालीहरु र उनीहरुले भोग्ने पीडा साथै गाउँमा परिवारले पाएको दुःखलाई चलचित्रमा राम्रो ढंगबाट देखाइएको बताएका हुन् ।
उनले रोजगारीका लागि विदेश जानेहरुको संवेदनालाई चलचित्रमा उतारिएको उल्लेख गरे । उनले वैदेशिक रोजगारीमा जाँदा चुकाइरहेको पारिवारिक मूल्यको उजागर चलचित्रमा उतारिएको बताए । उनले वैदेशिक रोजगारीमा जाँदा परिवारमा उत्पन्न समस्यालाई यथार्थमा उतारिएको बताए । उनले आजको पुस्ताले हिजोको नेपाली समाजबारे जान्नका लागि यो चलचित्र हेर्नैपर्ने बताए । उनले देशभित्र रोजगारीको अवस्था सिर्जना गर्नुपर्ने र नसके वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन जरुरी रहेको बताए ।
चलचित्र हेरिसकेपछि बोल्दै नेकपा एमाले सांसद रघुजी पन्तले हत्याराको कथा पहाडको कथा भएको बताए । उनले सिनेमामा वैदेशिक रोजगारीको बिडम्वना र त्इसबाट उत्पन्न सामाजिक र मानसिक समस्याहरु देखाइएको बताए । गाउँबाट रोजगारीका लागि शहर पस्ता उत्पन्न हुने समस्या सिनेमामा उतारिएको बताए ।
चलचित्र हेरिसकेपछि कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकक ज्ञानबहादुर शाहीले कथाले नेपाली वर्तमान वैदेशिक रोजगारीको समस्यालाई उजागर गरेको उल्लेख गरे । उनले चलचित्रले समाजमा भइरहेको रोजगारीबाट उत्पन्न समस्यालाई देखाइएकाके बताए । उनले बेरोजगारीको वास्तविकता चलचित्रमा उतारिएको बताए । त्यस्तै कलाकार शारदा गिरीले आफूले यस चलचित्रमा फरक अभिनय गरेको बताए ।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...