सहिद स्मृति आवासिय माबि जिरीकि छात्रा मेलिसा ढुङ्गेललाइ दोलखा स्पीकरणको उपाधि


दोलखा ८ भाद्र । दोलखा स्पीकरणको उपाधि मेलिसा ढुंगेलले हात पार्न सफल भयकि छन् ।
सहिद स्मृति आवासिय मावि जिरीका छात्रा ढुंगेल दोलखा स्पीकरण वतृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै उपाधि जित्न सफल भएकी हुन् । राष्ट्रिय स्वाधिनता र वैदेशिक हस्तक्षेप विषयक वक्तृत्वकलामा प्रथम भएसँगै उनले नगद तीस हजार पुरस्कार र प्रमाणपत्र प्राप्त गरेकी छन् ।
यसैगरी प्रतियोगितामा कालिञ्चोक गाउँपालिका–६, स्थित जनज्योति माविकी सविना थामीले दोस्रो स्थान हाँसिल गरेकी छन् भने पशुपति कन्या मावि भीमेश्वर नगरपालिकाकी विपना नेपाली तृतीय भएकी छन् । प्रथम र द्धितिय हुनेले क्रमशः नगद पुरस्कार बीस हजार र दश हजारसहित प्रमाणपत्र पाएका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि दोलखा प्रतिनिधिसभा सांसद गंगा कार्की, प्रदेशसभा सांसद कुन्दनराज काफ्ले लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान प्रदान गर्नुभयो ।
दोलखाली समाज दक्षिण कोरियाले सदरमुकाम चरिकोटमा आयोजना गरेको प्रतियोगितामा निर्णायक रमेश प्रसाई लगायतले उनीहरुलाई विजेता घोषणा गर्नुभयको थियो।
प्रतियोगितामा जिल्लाका ९ पालिका स्तरमा संचालन भएका प्रतियोगिताबाट छनोट भएर आएका प्रतियोगिहरुले भाग लिएका आयोज ले जानकारी दिएको छ्न ।
कार्यक्रममा भीमेश्वर नगरपालिकास्थित पशुपति कन्या मावि, जिरी नगरपालिकास्थित सहिद स्मृति आवाशीय मावि, वैतेश्वर गाउँपालिकास्थित हनुमन्तेश्वर मावि, मेलुङ गाउँपालिकास्थित सत्यश्वर मावि, कालिञ्चोक गाउँपालिकास्थित जनज्योति मावि, तामाकोशी गाउँपालिका स्थित कालिका मावि र गौरीशंकर गाउँपालिकास्थित भुमेगुम्बा माविका प्रतिस्पर्धीहरु सहभागि भएका हुन् ।
दोलखाली समाज दक्षिण कोरियाका अध्यक्ष अभी थापाको अध्यक्षतामा भएको दोलखाली स्पीकर ग्राण्ड फिनाले कार्यक्रममा संघीय सांसद गंगा कार्की, प्रदेशसभा सांसद कुन्दनराज काफ्ले, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर र शिक्षा समन्वय इकाई प्रमुख शंकरबाबु श्रेष्ठ लगायत मन्तव्य व्यक्त गरे ।
संस्थाका अध्यक्ष अभि थापाले युवाहरुको प्रतिभा प्रस्फुटनका लागि कार्यक्रमको आयोजना गरिएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिईने बताए ।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...