भक्तपुरको युसेफ बालसुधार गृहबाट १५० बालक तथा किशोरहरु फरार
साझा दृष्टि संवाददाता
भक्तपुर ४ भाद्र । अपराधमा मुछिएका कम्तीमा १ सय ५० जना बालबालिका तथा किशोरहरू भक्तपुरको सानोठिमीस्थित युसेफको बालसुधार गृहबाट भागेका छन् । सोमबार दिउँसो उनीहरू सुधार गृहको ढोका फोरेर भागेको सुधार गृहले जनाएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार फरार भएका उनीहरूको खोजीका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । आइतबार उक्त सुधारमा एक बालकको मृत्यु भएपछि उनका आफन्तले गेटमा प्रदर्शन गर्नुका साथै तोडफोड समेत गरेका थिए ।
त्यसबेला भित्र रहेका अधिकांश बन्दीहरूले पनि प्रदर्शनकारीलाई नै साथ दिएर प्रदर्शनमा सामेल भएका थिए । सुधार गृहमा २५६ जना बन्दी रहेकोमा हाल ३२ जना किशोरी र केही बालकहरू मात्रै बाँकी रहेको प्रजिअ रिजालले जानकारी दिए । सोमबार त्यहाँबाट १ सय ५० भन्दा बढी भागेको बताइएको छ ।
फरार रहेकामध्ये केहीलाई भने पक्राउ गरिएको प्रजिअ रिजालले बताए । अहिले त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएको छ ।
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाताकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...
पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...
