गौरीशंकर बालगृहमा दैनिक उपभोग्य सामाग्री हस्तान्तरण
साझा दृष्टि संवाददाता
राजन बस्नेत
दोलखा ३२ साउन । दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा न: ५ मा रहेको जिल्ला को एक मात्र बालगृहका बालकहरुलाइ दैनिक उपभोग्य खाध्यन्न सामाग्री हस्तान्तरण गरिएको छ ।
नेपाल तरुण दलका केन्द्रिय सदस्य एबम नेपाली काङ्ग्रेस दोलखाका पार्टी प्रबक्ता राकेश श्रेष्ठको पहलमा गौरीशंकर बाल गृह का २५ जना बालखरुलाइ एक कार्यक्रमका बीच नेपाली काङ्ग्रेस दोलखाका पार्टी सभापति बर्मा लामाले सो सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।

दोलखाका प्रहरी नायव उपरीक्षक दिपक खड्का आफ्नो स्व. पिताको सम्झना गर्दै दाल ५ के जी ,चिउरा २० केजी आलु२५ केजी .,चाउचाउ २ बाकस , विस्कुट १ बाक्सा, चिनी ५ केजी चियापत्ती १ पोका ,गेडागुडी ५ के जी . दालमोड ४केजी .नुन २० पोका, हस्तान्तरण गर्नुभयो भने भीमेश्वर ५ का समाजसेवी चन्द्र बहादुर थापाले चामल १०बोरा,चिनी १० किलो,दाल २५ केजी , चिउरा २० केजी .तेल २ बाकस चाउचाउ २ बाक्सा,चियापत्ति १केजी लगायतका सामाग्रीहरु
हस्तान्तरण गरेको सामाजिक अभियानता राजन बस्नेतले जानकारी दिनुभयो ।

नेपाली काँग्रेस दोलखाको सभापति बर्मा लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालीका नगर प्रमुख ईश्वर नारायण मानन्धर,प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला,नेपाली काङ्ग्रेस बागमती प्रदेश सदस्य अनिता श्रेष्ठ ,प्रहरी नायब उपरीक्षक दिपक खड्का भीमेश्वर तरुण दलको अध्यक्ष केसर थापा बालगृह प्रमुख रमेश जैशी लगायतको उपस्थिति तथा नेपाल बाल संगठन दोलखाका नि बर्तमान अध्यक्ष राकेश श्रेष्ठ को सभापतित्वमा सभ्य र भब्य रूपमा कार्यक्रम सम्पन्न भएको थियो ।

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
प्रधानमन्त्रीको निर्देशनपछि कुलमानले दिए राजीनामा
साझा दृष्टि संवाददाताचुनावी सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी लिएका कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिने उनको सचिवालयले बताएको छ। घिसिङले सुशीला कार्की...
बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाताकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...
