अमर माबिको पूर्वविद्यार्थी समाज गठन

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

काठमाडाै २७ साउन ।  दोलखाको तामाकोसी गाउँपालिका-२ झूलेमा बि.सं. २००८ सालमा स्थापित श्री अमर माध्यमिक विद्यालयमा अध्ययन गरेका विद्याथीहरूले पूर्वविद्यार्थी समाज गठन गरेका छन् ।

विभिन्न समयमा यो विद्यालयमा अध्ययन गरेका विद्यार्थी शनिवार काठमाडौंको शान्तिनगरमा भेला भई ‘श्री अमर मावि पूर्व विद्यार्थी समाज’ गठन गरेका हुन् ।

उक्त भेलाले समाजको श्री देवराज कार्कीको ११ सदस्यीय तदर्थ समिति सर्वसम्मत गठन गरेको छ । समितिमा उपाध्यक्ष दिपक केसी, महासचिव सुरेश काफ्ले, सचिव बरूण पाख्रिन, काेषाध्यक्ष प्रेम कार्की छन् । यस्तै जिवसराज खड्का, हिमाल कार्की, उमेश कार्की, सविता न्यौपाने, राेशन काफ्ले र पवन महत सदस्य छन् ।

“विभिन्न क्षेत्रबाट आर्जित ज्ञान, सीप, अनुभव र दक्षता थोरै मात्रामा भए पनि आफूले अध्ययन गरेको विद्यालयमा समर्पण गर्ने उद्देश्यले पूर्व विद्यार्थी समाज गठन गरिएको हो,” समाजमा अध्यक्ष  कार्कीले भने । ‘जसरी मानिसले लिएको प्रथम श्वास लिएको हावा माटो र पानीप्रति हाम्रा विशेष कर्तव्य हुन्छन्, त्यसरी नै शिक्षारम्भ गरेको पवित्र स्थलप्रति पनि केही कर्तव्य पालना गर्नुपर्छ भन्ने उद्देश्य हामीले लिएका छौं ।’

कार्यक्रममा यो विद्यालयमा अध्ययन गरी स्वदेश तथा विदेशमा विभिन्न पेशा व्यवसाय गरी बसेका विद्यार्थीको जमघट थियो । प्रा.डा. गोविन्द के.सी. नेपाल सरकारका पूर्व-सचिव देवेन्द्र कार्की, नेपाल ग्रामीण पुनर्निर्माण संस्थाका कार्यक्रम निर्देशक रत्न कार्की, राजनीतिक विश्लेषक बाबुकाजी कार्की, समाजसेवी भाइकृष्ण काफ्ले, साहित्यकार श्रीबाबु कार्कीलगायत पाँच दर्जन पूर्वविद्यार्थीहरूको उपस्थित रहेको थियो । समाजले ६ महिनाभित्र संस्थाको विधान मस्यौदा गरि, जिल्ला प्रशासन काठमाडौंमा विधिवतरूपमा समाज दर्ता गर्ने लक्ष राखेको छ ।

नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाता

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...

नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाता

एसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ।  ...

बालेनलाई पितृ शोक
साझा दृष्टि संवाददाता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पितृ शोक परेको छ।   पारिवारिक स्रोतकाअनुसार उनका बुबा रामनारायण शाहको सोमबार...

दोलखा कांग्रेसले स्व.भीमबहादुर तामाङको १३ औँ स्मृति दिवस भब्यताका साथ मनाउने
राजन बस्नेत

नेपाली कांग्रेस दोलखाको सभापति बर्मा लामाको सभापतित्वमा बसेको कार्य सम्पादन समिति बैठकले स्व.भीमबहादुर तामाङको १३ औँ स्मृति दिवस भब्यताका...

एमाले दोलखाका पूर्वसचिव दुलाल नेकपामा प्रवेश
साझा दृष्टि संवाददाता

नेकपा (एमाले) दोलखाका पूर्व पार्टी सचिव तथा शैलुङ गाउँपालिकाका प्रथम अध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश...

अहिलेको सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउनै सक्दैन: ओली
साझा दृष्टि संवाददाता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक भन्दै यसको संवैधानिक परीक्षण...

.