खोटाङका सीडीओ भोजराज खतिवडालाई भ्रष्टाचार मुद्दा

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

खोटाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोजराज खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खतिवडाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै आजैदेखि स्वत निलम्बनमा परेका छन् ।

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा खतिवडाले वडा नं. १० विद्युत पोल तार र ट्रान्समिटर खरिद योजनामा मिलोमतो गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । हाल खतिवडा खाेटाङका सीडीओ हुन् ।

‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर गरेको पुष्टि भएको भन्दै खतिवडासहित अमृत कुमार दाहाल, दिल कुमार बुढाथोकी र दामोदर धमलालाई ४ लाख ७७ हजार ८९९ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको सजाय गरी बिगो दाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९(२) बमोजिमको कसुर गरेको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९(२) बमोजिम कैद र जरिवाना हुनसमेत मागदाबी लिइएको छ’, आयोगको आरोप पत्रमा भनिएको छ ।
नेपाल प्रेसमा खबर छ ।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.