घरदैलोमै जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण अभियान सुरु


ईश्वर विश्वकर्मा
दोलखा ३ साउन । दोलखाको भीमेश्वर नगरपालिका-५ ले घरदैलोमै जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण अभियान सुरु गरेको छ । वडाका जेष्ठ नागरिकको स्वास्थ्य अवस्था थाहा पाउने र आवश्यक सेवा उपलब्ध गराउने उद्देश्यले मंगलबार देखि अभियान सुरु गरेको हो । वडाध्यक्ष बासु श्रेष्ठले वृद्धावस्थाका कारण स्वास्थ्य संस्थामा जान नसक्ने जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अभियान सुरु गरिएको बताउनुभयो। उहाँका अनुसार ७० बर्ष माथीका जेष्ठ नागरिकलाई लक्षित गरी आर्थिक वर्ष लाग्ने बित्तिकै यो अभियान सुरु गरिएको हो । प्रत्येक महिनाको एक पटक सबै जेष्ठ नागरिकको घरमै पुगेर निशुल्क स्वास्थ्य परीक्षणसँगै सामान्य औषधोपचार तथा परामर्श सेवा प्रदान गरिने वडाध्यक्ष श्रेष्ठको भनाई छ। रोग र स्वास्थ्य समस्याबाट वर्षौँदेखि पिल्सिएर बसेका जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्राप्त गर्न सहजता अभियानबाट मिल्ने उहाँले बताउनुभयो। “जेष्ठ नागरिकमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने हुँदा विभिन्न रोगले च्याप्छ । उनीहरूलाई उपचारको दायरामा ल्याउन अभियान प्रभावकारी हुन्छ।” उहाँले भन्नुभयो। मंगलबार तल्लो माटीका १०२ वर्षका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेसँगै अभियान सुरु भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। सो दिन १५ जना अभियानबाट लाभान्वित भएका छन्।
जेष्ठ नागरिकलाई सम्मान सहित उनीहरूको ब्लड प्रेसर, ज्वरो, अक्सिजनको मात्रा लगायतको परीक्षण गरी आवश्यक औषधी प्रदान गरिएको थियो । वडाध्यक्ष श्रेष्ठले अनुभव र ज्ञानका खानी जेष्ठ नागरिकलाई सु-स्वास्थ्य लाभ र दीर्घायुको कामना सहित अभियान सुरु गरिएको र उनीहरू खुशी भएका बताउनुभयो। स्थानीय सूर्य थापाले स्वास्थ्य समस्याबाट पीडित जेष्ठ नागरिकलाई अभियान अन्तर्गत घरमै सेवा दिँदा सिंहदरबारको प्रत्याभूति मिल्ने बताउनुभयो। उहाँले जेष्ठ नागरिकको सेवामा मात्र पूण्य प्राप्त हुने बताउँदै वडाध्यक्ष श्रेष्ठको प्रसंसा गर्नु भयो। उहाँले यस्ता असल कार्यक्रमको अन्य स्थानहरूमा पनि अनुसरण जरुरी रहेको बताउनुभयो। वडामा ७० वर्षमाथिका ३ सय जेष्ठ नागरिक रहेको वडाले जनाएको छ। वडामा जेष्ठ नागरिक केन्द्र निर्माण गरिएको छ । वडाले गत वर्ष जेष्ठ नागरिकलाई लड्ठी वितरण गर्नुका साथै भ्रमण पनि गराएको थियो ।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...