सहकारी अभियानता शान्ति श्रेष्ठ ‘राष्ट्रिय सहकारी अभियानता २०८०’ बाट सम्मानित

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

काठमाडौं, ३१ असार । सहकारी अभियानता शान्ति श्रेष्ठ सम्मानित हुनुभएको छ ।
उहाँ “राष्ट्रिय सहकारी अभियानता सम्मान २०८० “बाट सम्मानित हुनुभएको हो ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ बाट सम्मानित हुनुभएको हो ।
सहकारी अभियानता श्रेष्ठ बिगत लामो समय सहकारीको संचालक रहि सहकारीको ऐन,निति ,नियममा, निर्देशिका, सिद्धान्त , कार्यबिधिमा रहि नियम पुर्बक कार्य अनुभव लिनुभएको र समाजसेवाको क्षेत्रमा समेत सक्रिय रहेको भन्दै उहाँलाई राष्ट्रिय सम्मान बाट सम्मानित गरेको उज्यालो भबिस्य दोलखाले जानकारी दिएको छ ।

कार्यक्रममा सहकारी अभियानता श्रेष्ठ सहित विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वरिस्ठ कलाकार मदनदास श्रेष्ठ, बिबिसीको बिश्वको शक्तिशाली १०० महिलामा पर्न सफल सपना रोक्का मगर, पूर्व एआईजी धिरू बस्नेत, बरिस्ठ समाजसेवी सारदा उप्रेती घिमिरे, सकुना (मलेकु) श्रेष्ठ लाई संयुक्त रुपमा राष्ट्रिय सम्मान २०८० बाट सम्मानित गरिएको हो ।​

उज्यालो भबिस्य दोलखाको दशौं बर्ष प्रवेश गरेको अबसरमा राष्ट्रलाई महत्त्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई सम्मान,
छलफल तथा अन्तरक्रिया कार्यक्रमको प्रमुख आतिथ्यता सरकारका कानून,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ तथा अध्यक्षता उज्यालो भविष्य दोलाका अध्यक्ष राजन बस्नेतले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी, नेपाली काङ्ग्रेस दोलखा पार्टी सभापति बर्मा लामा,भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धर, नेपाल तरुण दलका केन्द्रिय सदस्य राकेश श्रेष्ठ , काङ्ग्रेस महादिबेशन प्रतिनिधि छिरिङ डोल्मा शेर्पा , राजेश उप्रेती नेपाल प्रेस युनियनका केन्द्रिय सचीव लाल कुमार मोक्तान,नेपाली काङ्ग्रेस भीमेश्वर नगरपालिका सभापति सङ्कर कार्की, नेपाली काङ्ग्रेस दोलखा काठमाडौं सम्पर्क समिति अध्यक्ष सरोज सिवाकोटी लगायतले शुभकामना तथा सम्वोधन गर्नुभएको थियो । कार्यक्रमको संचालन गोपाल घिमिरेले गर्नुभएको थियो ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
10 घण्टा अगाडि साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.