सहकारी अभियानता शान्ति श्रेष्ठ ‘राष्ट्रिय सहकारी अभियानता २०८०’ बाट सम्मानित

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

काठमाडौं, ३१ असार । सहकारी अभियानता शान्ति श्रेष्ठ सम्मानित हुनुभएको छ ।
उहाँ “राष्ट्रिय सहकारी अभियानता सम्मान २०८० “बाट सम्मानित हुनुभएको हो ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ बाट सम्मानित हुनुभएको हो ।
सहकारी अभियानता श्रेष्ठ बिगत लामो समय सहकारीको संचालक रहि सहकारीको ऐन,निति ,नियममा, निर्देशिका, सिद्धान्त , कार्यबिधिमा रहि नियम पुर्बक कार्य अनुभव लिनुभएको र समाजसेवाको क्षेत्रमा समेत सक्रिय रहेको भन्दै उहाँलाई राष्ट्रिय सम्मान बाट सम्मानित गरेको उज्यालो भबिस्य दोलखाले जानकारी दिएको छ ।

कार्यक्रममा सहकारी अभियानता श्रेष्ठ सहित विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वरिस्ठ कलाकार मदनदास श्रेष्ठ, बिबिसीको बिश्वको शक्तिशाली १०० महिलामा पर्न सफल सपना रोक्का मगर, पूर्व एआईजी धिरू बस्नेत, बरिस्ठ समाजसेवी सारदा उप्रेती घिमिरे, सकुना (मलेकु) श्रेष्ठ लाई संयुक्त रुपमा राष्ट्रिय सम्मान २०८० बाट सम्मानित गरिएको हो ।​

उज्यालो भबिस्य दोलखाको दशौं बर्ष प्रवेश गरेको अबसरमा राष्ट्रलाई महत्त्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई सम्मान,
छलफल तथा अन्तरक्रिया कार्यक्रमको प्रमुख आतिथ्यता सरकारका कानून,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ तथा अध्यक्षता उज्यालो भविष्य दोलाका अध्यक्ष राजन बस्नेतले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी, नेपाली काङ्ग्रेस दोलखा पार्टी सभापति बर्मा लामा,भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धर, नेपाल तरुण दलका केन्द्रिय सदस्य राकेश श्रेष्ठ , काङ्ग्रेस महादिबेशन प्रतिनिधि छिरिङ डोल्मा शेर्पा , राजेश उप्रेती नेपाल प्रेस युनियनका केन्द्रिय सचीव लाल कुमार मोक्तान,नेपाली काङ्ग्रेस भीमेश्वर नगरपालिका सभापति सङ्कर कार्की, नेपाली काङ्ग्रेस दोलखा काठमाडौं सम्पर्क समिति अध्यक्ष सरोज सिवाकोटी लगायतले शुभकामना तथा सम्वोधन गर्नुभएको थियो । कार्यक्रमको संचालन गोपाल घिमिरेले गर्नुभएको थियो ।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.