गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तमाङको निधन भएको गंगालाल हृदयरोग केन्द्रको पुष्टि

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तमाङको निधन भएको छ ।

गौरीशंकर गाउँपालिका–६ चंखु स्थायी घर भएका तमाङको आज निधन भएको हो । उपाध्यक्ष तमाङको निधन भएपनि अस्पतालले औपचारिक घोषणा गरेको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि दुई दिनअघि अस्पताल भर्ना भएका तमाङको आज उपचारका क्रममा गंगालाल ह्ृदयरोग केन्द्र बाँसबारीमा निधन भएको हो । तमाङ कामको शिलशिलामा काठमाडौं पुगेका बेला एक्कासी पेट दुख्ने र पखाला लाग्ने समस्या भएपछि दुईदिनअघि भक्तपुरको मध्यपुर थिमि अस्पतालमा भर्ना भएका थिए ।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई मुटुमा समस्या देखिएको आशंकामा मध्यपुर थिमि अस्पतालले गंगालाल ह्ृदयरोग केन्द्र बाँसबारी रिफर गरेको थियो ।
तमाङलाई हिजोबाटै सिसियु कक्षमा राखेर उपचार गरिएकोमा स्वास्थ्यमा जटिल समस्या देखिएपछि आज दिउँसो शल्यक्रिया गरिएको पारिवारीक स्रोतले जनाएको छ ।

तमाङको निधनको खवरपछि गौरीशंकर गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयवासी तथा दोलखाका राजनितिक दलका नेता तथा कार्यकर्ताहरु गंगालाल ह्ृदयरोग केन्द्र बाँसबारीमा पुगेका छन् । अन्दाजी ५५ वर्षिय तमाङ गत वर्ष भएको स्थानीय तहको निर्वाचनमा गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसको राजनितिमा लामो समयदेखि सक्रिय तमाङ कांग्रेस र माओवादीको गबन्धनबाट विजयी भएका थिए । उनी २०७९ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।
दोलखा अपडेट बाट साभार

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.