विभिन्न बिदामा उल्लेखनीय योगदान दिने ३६ जना ब्यक्तिलाई भीमेश्वर ७ मकैबारीको सम्मान
साझा दृष्टि संवाददाता
दोलखा २४ असार । भीमेश्वर नगरपालिका वडा नं ७ ले वडाको समग्र विकासका लागि योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।
भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान कार्यक्रममा वडाकै सामुदायिक विद्यालयका उत्कृष्ट प्रधानाध्यापकमा कुटीडाँडा माध्यमिक विद्यालयका शङ्करलाल श्रेष्ठ सम्मानित हुनुभएको छ भने उत्कृष्ट शिक्षकमा सोही विद्यालयका सहायक प्रधानाध्यापक ईश्वर चौलागाई सम्मानित हुनु भएको वडा सचीव ऋषि दाहालले जानकारी दिनुभयो ।

वडाको उत्कृष्ट शिक्षकमा सम्मानित हुनेमा हरिकृतन आधारभूत विदुु्यालयका कृष्ण बहादुुर मुग्राती,कुप्री आधारभूत विद्यालयबाट कृष्ण प्रसाद सुवेदी,विरेन्द्र आधारभूतबाट धिरज आपगाईं,साखिने आधारभूत विद्यालयबाट सन्तोषी थापा राउत,सेतीदेवी मावि काउलेबाट लक्ष्मण पाख्रिन सम्मानित हुनुभएको हो ।
वडामा २ माध्यमिक विद्यालय र ४ आधारभूत विद्यालय रहेका छन् ।
वडाका उत्कृष्ट कर्मचारीको रूपमा निर्मला बस्तेत , नगरपालिकाका इन्जिनियर भवेन्द्र थापा सम्मानित हुनु भयो भने उत्कृष्ट स्वास्थ्यकर्मीमा मकैबारी स्वास्थ्य चौकीकी लक्ष्मी केसी सम्मानित हुनु भएको हो ।

वडाले ९० वर्षमाथिका ३ जना जेष्ठ नागरिक दल बहादुर खड्का ,मित्रलाल चौलागाईँ र हरि बहादुर मगर लाई सम्मान गरेको छ ।
लामो समयदेखि जनप्रतिनिधिको रुपमा योगदान गरेका १३ जनाको सम्मान गरेका छन् ।
सम्मानित हुनेहरुमा पूर्व जनप्रतिनिधि कैलास कुमार श्रेष्ठ,नरम कुमारी शाह,तारा मुग्राती,अर्जुन लामा,हरिकृष्ण बस्नेत रहनु भएको छ भने कर्ण बहादुर शाही,नेत्र बहादुर बस्नेत,खेम बहादुर थापा,राजकुमार थापा,कृष्ण बहादुर कार्की,रामबहादर भुुुुजेल,मेतर बहादुर तमाङ,नारायण बहादुर भुजेललाई सम्मान गरेको वडा अध्यक्ष बिनोद तामाङले जानकारी दिनुभयो ।
स्थानीय समाजसेवी बुद्धिजीवी नरेन्द्र बहादुर बस्नेत,पूर्ण बहादुर थापा ,रत्न बहादुर केसी,शिववहादुर बस्नेत,वीर बहादुर मोक्तान,मेख बहादुर तमाङ,जेठी भुजेल सम्मानित हुनुभएको छ ।
वडाले उत्कृष्ट उपभोक्ता समितिमा नेवार गाउँ ढुङ्गे धारा निर्माणका रेख बहादुर श्रेष्ठलाई सम्मान गरेको छ भने उत्कृष्ट कृषक शेर बहादुर तमाङलाई सम्मान गरेको हो ।
कार्यक्रमको अवसर पारेर नोबेल कलेजबाट इन्र्टनसीपमा आएका १० जना विद्यार्थी र कलेजलाई प्रसंसापत्रले सम्मान गरेको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
कार्यक्रम वडा सचीव ऋषि दाहालले संचालन गर्नु भएको थियोे ।
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाताकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...
पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...
