विभिन्न बिदामा उल्लेखनीय योगदान दिने ३६ जना ब्यक्तिलाई भीमेश्वर ७ मकैबारीको सम्मान

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

दोलखा २४ असार । भीमेश्वर नगरपालिका वडा नं ७ ले वडाको समग्र विकासका लागि योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।
भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान कार्यक्रममा वडाकै सामुदायिक विद्यालयका उत्कृष्ट प्रधानाध्यापकमा कुटीडाँडा माध्यमिक विद्यालयका शङ्करलाल श्रेष्ठ सम्मानित हुनुभएको छ भने उत्कृष्ट शिक्षकमा सोही विद्यालयका सहायक प्रधानाध्यापक ईश्वर चौलागाई सम्मानित हुनु भएको वडा सचीव ऋषि दाहालले जानकारी दिनुभयो ।


वडाको उत्कृष्ट शिक्षकमा सम्मानित हुनेमा हरिकृतन आधारभूत विदुु्यालयका कृष्ण बहादुुर मुग्राती,कुप्री आधारभूत विद्यालयबाट कृष्ण प्रसाद सुवेदी,विरेन्द्र आधारभूतबाट धिरज आपगाईं,साखिने आधारभूत विद्यालयबाट सन्तोषी थापा राउत,सेतीदेवी मावि काउलेबाट लक्ष्मण पाख्रिन सम्मानित हुनुभएको हो ।
वडामा २ माध्यमिक विद्यालय र ४ आधारभूत विद्यालय रहेका छन् ।
वडाका उत्कृष्ट कर्मचारीको रूपमा निर्मला बस्तेत , नगरपालिकाका इन्जिनियर भवेन्द्र थापा सम्मानित हुनु भयो भने उत्कृष्ट स्वास्थ्यकर्मीमा मकैबारी स्वास्थ्य चौकीकी लक्ष्मी केसी सम्मानित हुनु भएको हो ।


वडाले ९० वर्षमाथिका ३ जना जेष्ठ नागरिक दल बहादुर खड्का ,मित्रलाल चौलागाईँ र हरि बहादुर मगर लाई सम्मान गरेको छ ।
लामो समयदेखि जनप्रतिनिधिको रुपमा योगदान गरेका १३ जनाको सम्मान गरेका छन् ।
सम्मानित हुनेहरुमा पूर्व जनप्रतिनिधि कैलास कुमार श्रेष्ठ,नरम कुमारी शाह,तारा मुग्राती,अर्जुन लामा,हरिकृष्ण बस्नेत रहनु भएको छ भने कर्ण बहादुर शाही,नेत्र बहादुर बस्नेत,खेम बहादुर थापा,राजकुमार थापा,कृष्ण बहादुर कार्की,रामबहादर भुुुुजेल,मेतर बहादुर तमाङ,नारायण बहादुर भुजेललाई सम्मान गरेको वडा अध्यक्ष बिनोद तामाङले जानकारी दिनुभयो ।
स्थानीय समाजसेवी बुद्धिजीवी नरेन्द्र बहादुर बस्नेत,पूर्ण बहादुर थापा ,रत्न बहादुर केसी,शिववहादुर बस्नेत,वीर बहादुर मोक्तान,मेख बहादुर तमाङ,जेठी भुजेल सम्मानित हुनुभएको छ ।
वडाले उत्कृष्ट उपभोक्ता समितिमा नेवार गाउँ ढुङ्गे धारा निर्माणका रेख बहादुर श्रेष्ठलाई सम्मान गरेको छ भने उत्कृष्ट कृषक शेर बहादुर तमाङलाई सम्मान गरेको हो ।
कार्यक्रमको अवसर पारेर नोबेल कलेजबाट इन्र्टनसीपमा आएका १० जना विद्यार्थी र कलेजलाई प्रसंसापत्रले सम्मान गरेको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

कार्यक्रम वडा सचीव ऋषि दाहालले संचालन गर्नु भएको थियोे ।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.