५ करोड रुपैयाँ र एक सय तोला सुनको गरगहना ठगी गर्ने दोलखाका ४८ वर्षीय पुरुषोत्तम काफ्ले पक्राउ

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

दोलखा १२ जेष्ठ । नारी शक्तिको जागरण गराउने भनी ठगी गर्ने दोलखाका एक जना धर्म गुरु पक्राउ परेका छन् ।

नारी शक्तिको जागरण गराउने भन्दै विभिन्न व्यक्तिहरुबाट करिब ५ करोड रुपैयाँ र एक सय तोलाभन्दा बढी सुन तथा सुनको गरगहना ठगी गरेको अभियोगमा दोलखा घर भई हाल भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ गठ्ठाघर बस्दै आएका ४८ वर्षीय शिवसुत गौरी भक्त भन्ने पुरुषोत्तम काफ्लेलाई प्रहरीले पक्राउ गरेको हो । काफ्ले सहितले काठमाडौंस्थित ‘हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल’ नामक संस्था खोली पीडितहरुलाई रकम लगानी गर्न अभिप्रेरित गराउने, सेमिनार गरी संस्थाको सदस्य बनाउने, धैरै मुनाफाको प्रलोभन देखाउने र लगानीको सुनिश्चितता नगरी पटक–पटक थप लगानी गर्न दवाव दिने र नगरेमा परिबारको सदस्यलाई मारी दिने जस्ता धम्कि दिई ठगी गरेको भन्ने उजुरीको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई शनिबार कञ्चनपुर गड्डाचौकीबाट नियन्त्रणमा लिएको हो ।उनी उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौं बबरमहलबाट ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को टोलीले भारतको हरिद्वारबाट पक्राउ गरी हिजो काठमाडौं पुर्याएको सीआईबीका प्रमुख किरण बज्राचार्यले जानकारी दिनुभयो । श्रोत : हाम्रो अपडेट दोलखा बाट

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.