बालमैत्री स्थानीय शासन अवलम्बनका लागी सबैको अग्रसरता अपरिहार्य : उपाध्यक्ष सुबेदी

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

ईश्वर बिस्वकर्मा

दोलखा ८ असार । दोलखाको तामाकोसी गाउँपालिका-३ जफेमा २ दिने बालमैत्री स्थानीय शासन सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
उज्यालो भविष्य संस्था दाेलखाकाे प्राविधिक सहयोगमा गाउँपालिकाले आयाेजना गरेकाे तालिम बिहिबार सम्पन्न भएको हाे ।
समापन समारोहमा पालिका उपाध्यक्ष सिर्जना सुवेदीले तालिमबाट आर्जित सीप र ज्ञानलाई सदुपयोग गर्न सके पालिकालाइ बालमैत्री घोषणा गर्न सम्भव हुने विश्वास व्यक्त गर्नुभयो ‌। बालमैत्री स्थानीय शासन अबलम्बनका लागि सबैको अग्रसरता अपरिहार्य रहेको उहाँको भनाइ थियो। उपाध्यक्ष सुवेदीले कमीकमजोरीलाई सच्याउँदै पालिकालाई दिशातर्फ उन्मुख गराईने उल्लेख गर्नुभयो। उहाँले आफू रेडक्रसमा हुँदा पनि सुशासन कायम हुने गरी काम गरेको जिकिर गर्दै पालिकामा पनि सोही पद्धति अनुसार सक्रिय भएको बताउनुभयो। उहाँले विधि, पद्दति र मापदण्डलाई विकासको मुलमन्त्र मान्ने आफ्नो पूरानो बानी रहेको बताउनुभयो।


गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख पवनराज फुयालले आगामी आर्थिक वर्षमा पालिकालाई बालमैत्री घोषणा गर्ने अठोटका साथ अभियान सुरु गरिएको बताउनु भयो। तालिमले शिक्षक एवं विद्यार्थीमा उत्साह थप्ने कोषे ढुंगाको रुपमा काम गरेको जिकिर गर्नुभयो ।
कार्यक्रममा उज्यालो भविष्य संस्थाका अध्यक्ष राजन बस्नेत र कानुनी सल्लाहकार रानु श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो।
तालिममा सातवटै वडाका शिक्षक, विद्यार्थी सहित ४० जनाको सहभागिता रहेको थियो।
सोही अवसरमा गाउँपालिका स्तरीय बाल सञ्जाल गठन गरिएको थियो।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.