ग्यासको प्रयोग घटाउन तामाकोसी गाउँपालिकाको ५०० घरधुरीमा पुग्यो विद्युतीय चुलो

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

दोलखा १ जेष्ठ । दोलखा जिल्लाको तामाकोसी गाउँपालिकाले विद्युत खपत बढाउन र घरायसी काममा ग्यासको प्रयाेग घटाउन ५०० घरधुरीमा विद्युतीय चुलो वितरण गरेको छ । गाउँपालिकाको पहिलो चरणमा झुले, जफे र मालू गरी ३ वटा वडामा ५०० विद्युतीय चुलो वितरण गरेकाे हाे ।

आन्तरिक विद्युत खपत बढाउन र ग्यासकाे प्रयाेग घटाउन पालिका अन्तर्गतका स्थानीयहरूमा चुलाे वितरण गरेकाे गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले बताए । ‘घरायसी कामका लागि सहरी क्षेत्रमा बढी ग्यासको प्रयोग भएतापनि तामाकोसी गाउँपालिकाले भने ग्रामीण क्षेत्रबाटै विद्युतीय चुलो वितरण थालेको हो,’ उनले भने, ‘जलविद्युत केन्द्रहरूको जिल्लाको रुपमा चिनिने दोलखामै विद्युतीय खपत बढाउन भान्साबाटै सुरु गरिएको हो ।’

थोरै घरमा परीक्षणका रुपमा कार्यक्रम राखे तापनि पहिलो वर्ष नै स्थानीयको माग बढेकाले आगामी वर्ष पनि माग अनुसारको चुलो वितरण गर्ने अध्यक्ष केसीले बताए । केही वर्षमा हरेक घरमा विद्युतीय चुलो पुर्याउने गाउँपालिकाको लक्ष्य रहेको छ । हाल तामाकोसीका हरेक घरहरूमा ग्रिडकाे पहुँच पुगेकाे छ ।

गाउँपालिका वडा नंम्बर ४ का वडा अध्यक्ष नारायण खड्काले विद्युत कम खपत गर्ने इन्डक्सन चुलो लिनका लागि गत पुस महिनामा इच्छुक स्थानीयलाई फाराम भर्न लगाएका थिए । सोही मागअनुसार अहिले स्थानीयका लागि चुलो वितरण गरिएको हो ।

साझेदारीमा सञ्चालन भएको यस कार्यक्रममा स्थानीयले प्रति चुलो एक हजार रुपैयाँ लगानी गरेका छन् । दाउरा प्रयोग गर्ने गाउँमा ग्यास आउन थाल्याे, स्थानीयले ग्यासकाे प्रयाेग गर्न थाले । अब, ग्यासकाे विकल्पमा विद्युतीय चुलो आएकाे छ, स्थानीयले यसैलाइ प्रयोगमा जोड दिन थालेका छन् । गाउँमा विद्युतीय चुलो वितरण गरेपछि सहरमा बस्ने छोराछोरीले यो सहरमा झनै चाहिने रहेछ भन्दै सहरमा लगेका स्थानीयले बताएका छन् ।

एक महिनाअघि भौगोलक रुपमा अत्यन्तै विकट मानिने गौरीशंकर गाउँपालिका वडा नम्बर ९ स्थित रोल्वालिङ उपत्यकामा पर्ने बेदिङ गाउँमा ४० वटा विद्युतीय चुलो वितरण गरेको थियो । नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्र प्रमुख मेघनाथ ढकालले आयातित ग्यासभन्दा आधा कम खर्चमै इन्डक्सन चुलो चल्ने हुँदा हरेक घरले अब विद्युतीय चुलो चलाउन सुझाव दिए । दोलखामा विद्युत वितरण प्रणाली भरपर्दो र गुणस्तर भएकाले विद्युतको अब धेरै समस्या नहुने बताए ।

धेरै जनालाई खाना पकाउन नेपाली सेना र सशस्त्र प्रहरीको ब्यारेकमा समेत विद्युतीय चुलो चल्न थालेपछि व्यवसायीक होटेल र घरायसी भान्सामा विद्युतीय चुलो नै भरपर्दो र सस्तो साधन भएको ढकालले बताए । तामाकोसी गाउँपालिकाले विद्युतीय चुलो वितरण सुरु गरेकाले अब हरेक स्थानीय तहले पनि यो अभियानमा साथ दिने बताएका छन् ।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.