ग्यासको प्रयोग घटाउन तामाकोसी गाउँपालिकाको ५०० घरधुरीमा पुग्यो विद्युतीय चुलो

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

दोलखा १ जेष्ठ । दोलखा जिल्लाको तामाकोसी गाउँपालिकाले विद्युत खपत बढाउन र घरायसी काममा ग्यासको प्रयाेग घटाउन ५०० घरधुरीमा विद्युतीय चुलो वितरण गरेको छ । गाउँपालिकाको पहिलो चरणमा झुले, जफे र मालू गरी ३ वटा वडामा ५०० विद्युतीय चुलो वितरण गरेकाे हाे ।

आन्तरिक विद्युत खपत बढाउन र ग्यासकाे प्रयाेग घटाउन पालिका अन्तर्गतका स्थानीयहरूमा चुलाे वितरण गरेकाे गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले बताए । ‘घरायसी कामका लागि सहरी क्षेत्रमा बढी ग्यासको प्रयोग भएतापनि तामाकोसी गाउँपालिकाले भने ग्रामीण क्षेत्रबाटै विद्युतीय चुलो वितरण थालेको हो,’ उनले भने, ‘जलविद्युत केन्द्रहरूको जिल्लाको रुपमा चिनिने दोलखामै विद्युतीय खपत बढाउन भान्साबाटै सुरु गरिएको हो ।’

थोरै घरमा परीक्षणका रुपमा कार्यक्रम राखे तापनि पहिलो वर्ष नै स्थानीयको माग बढेकाले आगामी वर्ष पनि माग अनुसारको चुलो वितरण गर्ने अध्यक्ष केसीले बताए । केही वर्षमा हरेक घरमा विद्युतीय चुलो पुर्याउने गाउँपालिकाको लक्ष्य रहेको छ । हाल तामाकोसीका हरेक घरहरूमा ग्रिडकाे पहुँच पुगेकाे छ ।

गाउँपालिका वडा नंम्बर ४ का वडा अध्यक्ष नारायण खड्काले विद्युत कम खपत गर्ने इन्डक्सन चुलो लिनका लागि गत पुस महिनामा इच्छुक स्थानीयलाई फाराम भर्न लगाएका थिए । सोही मागअनुसार अहिले स्थानीयका लागि चुलो वितरण गरिएको हो ।

साझेदारीमा सञ्चालन भएको यस कार्यक्रममा स्थानीयले प्रति चुलो एक हजार रुपैयाँ लगानी गरेका छन् । दाउरा प्रयोग गर्ने गाउँमा ग्यास आउन थाल्याे, स्थानीयले ग्यासकाे प्रयाेग गर्न थाले । अब, ग्यासकाे विकल्पमा विद्युतीय चुलो आएकाे छ, स्थानीयले यसैलाइ प्रयोगमा जोड दिन थालेका छन् । गाउँमा विद्युतीय चुलो वितरण गरेपछि सहरमा बस्ने छोराछोरीले यो सहरमा झनै चाहिने रहेछ भन्दै सहरमा लगेका स्थानीयले बताएका छन् ।

एक महिनाअघि भौगोलक रुपमा अत्यन्तै विकट मानिने गौरीशंकर गाउँपालिका वडा नम्बर ९ स्थित रोल्वालिङ उपत्यकामा पर्ने बेदिङ गाउँमा ४० वटा विद्युतीय चुलो वितरण गरेको थियो । नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्र प्रमुख मेघनाथ ढकालले आयातित ग्यासभन्दा आधा कम खर्चमै इन्डक्सन चुलो चल्ने हुँदा हरेक घरले अब विद्युतीय चुलो चलाउन सुझाव दिए । दोलखामा विद्युत वितरण प्रणाली भरपर्दो र गुणस्तर भएकाले विद्युतको अब धेरै समस्या नहुने बताए ।

धेरै जनालाई खाना पकाउन नेपाली सेना र सशस्त्र प्रहरीको ब्यारेकमा समेत विद्युतीय चुलो चल्न थालेपछि व्यवसायीक होटेल र घरायसी भान्सामा विद्युतीय चुलो नै भरपर्दो र सस्तो साधन भएको ढकालले बताए । तामाकोसी गाउँपालिकाले विद्युतीय चुलो वितरण सुरु गरेकाले अब हरेक स्थानीय तहले पनि यो अभियानमा साथ दिने बताएका छन् ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.