बस्नेतको विशेष पहलमा विरेन्द्र आबि उखुबारीमा शैक्षिक सामग्री वितरण

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

राजन बस्नेत

दोलखा २२ जेष्ठ । भिमेश्वर नगरपालिका वडा नं ७ स्थित श्री बिरेन्द्र आधारभुत विधालय उखुबारीमा शैक्षिक सामग्री वितरण गरिएको छ।
आज एक समारोहका बीच भीमेश्वर ७ का उखुबारीका सामाजिक अभियन्ता तथा पुर्व विद्यार्थी निरज बस्नेतको विशेष पहलमा बिरेन्द्र आधारभुत विधालय पुर्ब विद्यार्थी समाजको समन्वयमा देश तथा विदेशमा अध्ययनरत तथा कार्यरत युवाहरूको सहयोगमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरीएको विरेन्द्र आधारभुत विधालय उखुबारीका प्र.अ कृष्ण बहादुर खत्रीले जानकारी दिनुभएको छ ।

शैक्षिक सामग्री वितरण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि भिमेश्वर नगरपालिका नगर प्रमुख इश्वर नारायण मानन्धरले सामाजिक अभियन्ता निरज बस्नेत लगायतका युवाहरुको उदाहरणीय अभियानले संकलन गरेको सहयोग बालबालिकाहरुका लागि ठुलो राहत मिल्ने भन्दै सो कार्यको प्रसम्सा गर्नुभयो ।
अभियानता बस्नेतले करिब १ महिना अघि सामाजिक सञ्जाल फेसबुक मार्फत विद्यार्थीको लागि शैक्षिक सामग्री जुटाउनको निमित्त अभियान चलाउदै आएका थिए।
संकलन अभियानमा स्थानीय युवाहरुको दरो साथ सहयोग रहेको थियो । उक्त अभियान चलाए बापत उठाएको १ लाख ४ हजार ३ सय ५१ रुपैयाँ बराबरको रकम सङ्कलन भएको मध्ये शैक्षिक सामग्री जुटाउनको लागि करिब १ लाख ७ हजार ९ सय १० रुपैयाँ खर्च लागेको बस्नेतले दावी गरे ।
जसमा ट्राकसुट ४९ हजार,ब्याग ४६ हजार, खेलकुद सामग्री ११ हजार ४ सय १० र खादा -ब्यानरमा १ हजार ५ सय रुपैयाँ बराबरको खर्चको विवरण समेत कार्यक्रममा सार्वजनिक गर्नुभएको थियो ।
बस्नेतले शैक्षिक सामग्री जुटाउनको लागि केही रकम अभाव भएको खण्डमा स्वयंम आफैले रकम जुटाएर सामाग्री उपलब्ध गराएको साझा दृस्टीलाई जानकारी दिनुभयो ।

वितरण कार्यक्रममा विद्यार्थी, बालबालिका अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सामाजिक अभियन्ता तथा पुर्व विद्यार्थी युवा निरज बस्नेत,न्यु जेनेरेशन युवा क्लबका वडा नं ८ का अध्यक्ष सुबास बस्नेत,कृष्ण भुजेललाई विद्यालयले सम्मान पत्र समेत प्रदान गरेको छ ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष समाजसेवी कृष्ण बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर खत्री, जन प्रतिनिधि वडा सदस्य रघुनाथ कार्की, सामाजिक अभियन्ता सुबास बस्नेत, श्रीकृष्ण भुजेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.