दुई जेष्ठ नागरिकबाट साखिनेमा सहरी स्वास्थ केन्द्रको उद्घाटन

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

राजन बस्नेत

दोलखा २२ जेष्ठ । भीमेश्वर नगरपालिका वडा न:७ साखिनेमा सहरी स्वास्थ केन्द्रको स्थापना भएको छ ।
भीमेश्वर नगरपालिका वडा न:७ साखिने स्थित साखिने आधारभुत बिधालयमा एक समारोहका बिच २ जेष्ठ नागरिक ९८ वार्षिय चन्द्र बहादुर कार्की र ८४ वार्षिय श्रीमान तामाङले सहरी स्वास्थ केन्द्र उद्घाटन गर्नु भएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष बिनोद तामाङले कुनै पनि घटनास्थलमा चिकित्सकको आगमन अघि सामान्य उपकरण तथा सामग्रीको प्रयोग गरी गरिने बिरामीको उपचार वा दुर्घटनामा परी घाइते भएका मानिसको अवस्था अझै नबिग्रियोस भनेर घाइतेलाई चिकित्सकको पहुचमा पुग्नु अघि दिइने सामान्य उपचार,प्राथमिक उपचारले बिरामी अथवा घाइतेलाई तत्काल राहत तथा मानसिक रूपमा खतरामुक्त भएको महशुस गराउन मद्दत गरोस् भन्ने उद्देश्यले सहरी स्वास्थ केन्द्र स्थानपना गरेको र स्थानीय बासिन्दाले सरल र सहज रूपमा सामान्य स्वास्थ सेवा लिन सकुन भन्ने लक्ष्य वडा को रहेको बताएका छन् ।
आजै सहरी स्वास्थ केन्द्र साखिने बाट ९८ वार्षिया चन्द्र बहादुर कार्की, ८४ वार्षिय श्रीमान तामाङ ,भगवती खत्री लगायत स्थानीयले चिकित्सकहरु बाट सेवा प्राप्त गर्नु भएको स्थानीय बासी सबु तामाङले जानकारी दिनुभएको छ।
सामुदायिक बिधालयमा सहरी स्वास्थ केन्द्रको स्थापना भए सगै सिटामोल लगायतका औसधिहरु भीमेश्वर ८ बोच र चरिकोट जानुपर्ने बाध्यता भने तल्कालका हटेको छ। भीमेश्वर ७ साबिक १३ का ५ सय घरधुरी भन्दा बढीका जनताले सो स्वास्थ केन्द्र बाट लाभ लिने निश्चित छ ।
कार्यक्रम भीमेश्वर नगरपालिका र भीमेश्वर नगरपालिका वडा न: ७ को आर्थिक सहयोगमा सन्चालनमा आएको वडा सचीव ऋषि दाहालले जानकारी दिए ।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.