मेलमिलाप सम्बन्धि २ दिवसीय पुनर्ताजगी तालिम सम्पन्न


राजन बस्नेत
दोलखा २० जेष्ठ । दोलखाको सदरमुकाम चरिकोटमा मेलमिलाप सम्बन्धि २ दिवसीय पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।
भीमेश्वर नगरपालिका र सामुदायिक मेलमिलाप कर्ता समाज नेपालको संयुक्त आयोजना र स्थानीय सरकार सवलिकरण अन्तर्गत द एसिया फाउन्डेसन,अस्ट्रेलियन याडको आर्थिक सहयोगमा आयोजित २ दिवसीय पुनर्ताजगी तालिमका सहभागीलाई प्रमाण हस्तान्तरण गर्दै कार्यक्रमको प्रमुख अतिथि भीमेश्वर नगरपालिकाक उप मेयर कामला बस्नेतले
मेलमिलापकर्ता भनेको द्वन्द्वरत दुवै पक्षलाई सहजीकरण गर्न सक्ने क्षमतावान्, नैतिकवान्, तडकभडकरहित, नम्र स्वभावको दुवै पक्षलाई न्याय दिनसक्ने, अन्याय हुन नदिने बुद्धिमता, दुवै पक्षले विश्वास गरेको तालिम प्राप्त गरेको, नगरपालिका वा गाउँपालिकामा सूचीकृत भएको निडर, साहसी, दुःख, पीडा, पीर, मर्का बुझेको, निष्पक्ष भएर काम गर्ने, फाटेको मन सिलाउने, भूतभन्दा भविष्यलाई ध्यान दिने सहजकर्ता नै मेलमिलापकर्ता भएको बताउदै जो मेहनती, परिश्रमी, लचकदार, कसैलाई पनि भ्रम नपार्ने व्यक्ति मेलमिलाकर्ता हुन्छन् भने तालिम नलिएको व्यक्ति मेलमिलाप कर्ता हुन पाउँदैन,चुनौतिको सामना गर्न सक्ने, दुबै पक्षको कुरा सुन्ने मानिस र मेलमिलाप गराउन दक्ष भएको, ब्यक्ति नै मेलमिलाप कर्ता हुने जिकिर गर्नु भयो ।

भीमेश्वर नगरपालिका को दोश्रो कार्यकालको लागि जनताले बिश्वास गरि जनप्रतिनिधिको रूपमा पठाएको भन्दै आफ्नो ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर नि स्वार्थ रूपमा निरन्तर जनताको सेवा गर्न आफू तल्लीन रहेको र मेलमिलापकर्ताहरुलाइ भीमेश्वर नगरपालिका र न्यायीक समिति संयोजकको तर्फबाट गर्नुपर्ने सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
दुई दिवसीय तालिममा सामुदायिक मेलमिलाप कर्ता समाज नेपालका केन्द्रिय अध्यक्ष एबम प्रमुख प्रशिक्षक सोभा बस्नेत
ले हाती जस्तो लम्किरहने, मौरी जस्तो समूहमा बस्ने, समयको सचेतना गर्ने, चिराख जस्तो शान्त रहने, ठूलो आवाज निकालेर नबोल्ने, चुनौतिको सामना गर्ने, नडराउने, टाउको नलुकाउने र कसैलाई पनि डस्ने प्रवृत्ति नगर्ने, लोभ लालचमा कहिल्यै नपर्ने, छेपारो जस्तो रङ्ग नफेर्ने, कुनै कुरा पनि भताभुङ्ग पार्ने काम नगर्ने । आफ्नो आँखाको चश्मा खोलौं, सबैको आँखा खोलौं । मेलमिलापकर्ता भनेको विवादको सहजीकरण गर्ने तेस्रो व्यक्ति हो । मेलमिलापकर्ता मेहनती, लगनशील, लचकदार, मिलनसार, मिजासिलो, परिश्रमी, काममा लागि पर्ने व्यक्ति हुनुपर्छ भन्ने विषयमा र प्रशिक्षक ताराबहादुर महतले दुवै पक्षलाई प्रश्न सोध्ने, नयाँ ढाँचाबाट लेख्न जान्ने, न्याय–अन्याय छुट्याउन सक्ने, गोपनीयता भङ्ग नगर्ने, दुवै पक्षलाई सहमतिमा ल्याउन सक्ने मात्र मेलमिलापकर्ता हुन्छ ।

वादविवाद मिलेन भनेर निराश नहुने, पटक–पटक बोलाएर मिलाउन प्रयास गर्ने, आफू कानूनको ज्ञाता हूँ नभन्ने, मैले भनेको मान्नैपर्छ नभन्ने, दुवै पक्षले जितेको महशुस गराउने र त्यसो भएमा तीनै पक्षलाई आनन्द प्राप्त हुन्छ । दुवै पक्षको फाटेको मन चित्त सिलाउने, मन मिलाउने काम गर्नुपर्छ । एकअर्काको दृष्टिकोण बुझ्नुपर्छ र हिजो जस्तै सम्बन्ध कायम गराउनु पर्दछ । झगडाको जड के हो पत्ता लगाउने, जबरजस्ती मेलमिलाप हुँदैन । कहींकतैबाट मेलमिलाप भएन भने एक–एक गरी सहमतिबाटै एकान्त वार्ता गर्ने जस्ता महत्त्वपूर्ण विषयहरुमा प्रशिक्षण गर्नुभएको थियो ।

कार्यक्रममा भीमेश्वर नगरपालिका वडा न:२ का वडा अध्यक्ष एबम सामुदायिक मेलमिलाप अभियानता स्टालिङ श्रेष्ठ, तारा बहादुर महत,न्यायीक समिति सदस्य बालकृष्ण राय क्षेत्री, किरण केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने तालिम सामुदायिक मेलामिलाप कर्ता समाज नेपालका केन्द्रिय अध्यक्ष शोभा बस्नेतको अध्यक्षताम सम्पन्न भएको थियो ।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...