२८ बर्ष पछी पुनः दोलखामा बज्रधर ईन्द्र 

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

 

राजन बस्नेत

फोटो फिचर

दोलखा २० जेष्ठ । दोलखाको भीमेश्वर नगरपालिका –२ को प्राचीन नगरी दोलखामा करिब तीन दशकपछि बज्रधर मूर्ति कुलायनमा भित्राइएको छ ।

यहाँको कोर्छे टोलबाट हराएको २८ वर्षपछि भेटिएको उक्त मूर्ति पूजा तथा वैदिक विधि विधान गरी श्रेष्ठ परिवारको कुलायनमा भित्राइएको इतिहासका जानकार तीर्थनारायण जोशीले जानकारी दिनु भयो ।

नेपालमा पहिलो सिक्काको प्रचलन भएको दोलखा सहर मन्दिर र मूर्तिहरुको सहर पनि भनिन्छ । उजोत देवले दोलखा सहरमा शासन गरेको समय नेसं ५९० (विसं १५१६) मा राजा इन्द्रको प्रतिक स्वरुप स्थापना गरिएको बज्रधर ई न्द्रको मूर्ति झण्डै तीन दशक अघि हराएको थियो ।
हरेक बर्ष भदौमा इन्द्रजात्राको पाँच दिन प्रर्दशन गरिने बज्रधर ईन्द्रको मूर्ती हराएको २८ बर्षपछि बेलायत निवासी डा.एमिलिन स्मिथको विशेष पहलमा हङकङ हुदै नेपाल फर्कीएको हो । गत बर्षको भदौमा यो मूर्ति हङकङ स्थित अन्तराष्ट्रिय आर्ट डिलर रोस्सी एण्ड रोस्सीसंग सङ्कलनमा रहेको जानकारी सम्पदा खोजि अभियान अस्ट आर्टस अफ नेपालले दिएको थियो । यो दोलखाबाट हराएको जानकारी भएपछि हङकङ स्थित महाबाणिज्य दुतको कार्यालय मार्फत दोलखा भित्रिएको हो ।
आजको दिन हाम्रो लागि कुनै उत्सव भन्दा कम छैन, हामीले आजको दिनलाई हराएको अभिभावक फर्कीएको शुखद दिन मानेका छौ – शुक्रवार २८ बर्ष पछि फर्कीएको मूर्ती प्रतिस्थापनको माहौलमा रमाएका स्थानीय अनिल चन्द्र श्रेष्ठ भने ।
२०५२ साल भदौ १४ गते कोर्छेको श्रेष्ठ खलकको गुठी परिवारबाट चोरी भएको बज्रधर ईन्द्रको मूर्तिलाई बाजागाजा सहित खटमा राखेर भजन किर्तन सहित नगर परिक्रमा गराईएको थियो । २८ बर्ष पछि घर फर्कीएको बज्रधर ईन्द्रको मूर्ति हेनै सयौ संख्यामा दोलखा र आसपासका मानिस भेला भएका थिए ।


बज्रधर ईन्द्रको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराईए पछि भीमेश्वर मन्दिरको भण्डार घरमा लगि राजमुकुट पहि¥याईएको थियो । त्यसपछि कोर्छे टोलका जेष्ठ नागरिक कृष्णकुमार श्रेष्ठले विधि पुर्वक पुजा गरेर दुधले स्नान गरी मुकुटसहित बज्रधर ईन्द्रलाई हराएको घरको आ“खीझ्यालमा लगेर सबैलाई दर्शन गराएका थिए ।
बज्रधर ईन्द्रको मूर्ति हराएपछि दोलखा सहरमा जात्रा पर्वनै मासिएला जस्तो भएको थियो स्थानीय बिराजमानले भने– मूर्ति फर्किएपछि सहरमा रौनक आएको छ ।
राजा इन्द्रको प्रतिक मानिएको बज्रधर ईन्द्रको मूर्तिलाई बुद्धको प्रतिमा समेत ठानिने गरिन्छ । पलेटी मारेर बसेको मुर्तिको दाया“बा“या हातमा बज्र रहेको छ । बौद्ध परम्परा अनुसार बज्रयान परम्परा अन्र्तगतको मुर्ति भएकाले यसलाई बुद्धको मुर्ति पनि भनिएको इतिहासका जानकार स्थानीय तीर्थ नारायण जोशीले बताए ।
मूर्ति दोलखा सहर भित्रदा पर्यटन राज्यमन्त्री शुसीला सिपाईली, जिल्ला समन्वय समिति दोलखाका प्रमुख वर्जुराम घतानी, भीमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वर नारायण मानन्धर,उपप्रमुख कमला बस्नेत , एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, संस्कृतका अध्यता स्थानीय शान्तकृष्ण श्रेष्ठ, सुनिल मास्के, वडा नम्बर २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

तस्वीर सौजन्य: सन्जिप श्रेष्ठ

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.