भीमेश्वर २ सोक्ला भ्यालीमा पहिलो पटक साहसिक खेल रक क्लाइम्बिङ


राजन बस्नेत
दोलखा १८ जेष्ठ । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ सोक्ला भ्यालीमा पहिलो पटक रक क्लाइम्बिङ महोत्सव सुरु भएको छ ।
दोलखाको सदरमुकाम चरिकोटबाट ८ किलोमिटरको दूरीमा रहेको सोक्ला गाउँ धार्मिक,सांस्कृतिक,पुरातात्त्विक,साथै
ऐतिहासिक हिसाबले पनि अतेन्तै महत्वपूर्ण दृष्टिकोणले हेरिन्छ ।
नेपाल पर्यटन बोर्डको सहकार्यमा आयोजना भएको सोक्ला रक क्लाइम्बिङ महोत्सवका लागि माउन्टेन गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष सञ्जीव गुरुङ, उपाध्यक्ष तथा ८ औँ पटक सगरमाथा आरोही पासाङ भोटे र महासचिव रामकाजी तिवारीको टिमले दुईवटा रुट निर्माण गरेको हो।
चार सय मिटरको उचाइमा रहेको सोक्लाको भीरमा आयोजना गरिएको रक क्लाइम्बिङको नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले आज उद्घाटन गरे।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले यो साहासिक खेलले पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने भन्दै खेलको माध्यम बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा आफ्नो ठाउँ समाज र राष्ट्रको गरिमा उच्च राख्न र संसार चिनाउन समेत अहम् भुमिका खेल्ने भन्दै सकारात्मक र रचनात्मक कार्याको लागि भीमेश्वर नगरपालिकाको साथ सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो महोत्सवमा त्रिपुरा स्काउट ट्रपले अाफ्ना विधार्थिहरुलाई विभिन्न कार्यक्रममा सहभागी गराइ सामुहिक खेल संन्चालन समेत गराएको र विभिन्न अतिरिक्त क्रियाकलापमा समेत त्रीपुराका विद्यार्थीहरु सक्रिय सहभागी भैरहेको त्रीपुरा ग्लोरीयस एकेडेमी चरिकोटमा अध्ययनप गराउनु शिक्षक तथा स्काउटका पुर्व जिल्ला तालिम आयुक्त,बर्तमान नेपाल स्काउट बिपत व्यवस्थापन सदस्य थिर बहादुर खड्का (अरुण ) ले जानकारी दिनुभयो ।
सोक्ला रक क्लाइम्बिङ महोत्सवमा २५/२५ मिटरको दुई वटा सिङ्गल पिचको रक रुट तयार गरिएको र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन र चिनाउन समेत महोत्सवले विशेष महत्त्व राख्ने सोक्लाश्वरी पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए ।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...