९९.८ मेगावाट क्षमताको तामाकोशी पाँचौं १३ अर्ब ७४ करोडमा निर्माण हुने पक्का


प्राधिकरण, तामाकोशी जलविद्युत् कम्पनी लिमिटेड तथा कर्मचारी सञ्चय कोषबीच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर
काठमाडौँ — माथिल्लो तामाकोशी आयोजनाबाट निस्किएको पानी उपयोग गरी क्यास्केड प्रोजेक्टका रूपमा निर्माण हुने ९९.८ मेगावाट क्षमताको तामाकोशी पाँचौंको लगानी जुटेको छ । कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड रुपैयाँ ऋण दिएसँगै आयोजना अघि बढ्ने भएको हो । नेपाल विद्युत् प्राधिकरण, तामाकोशी जलविद्युत् कम्पनी लिमिटेड तथा कर्मचारी सञ्चय कोषबीच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
निर्माण अवधिको ब्याजसहित २१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लगानी अनुमान गरिएको आयोजनाका लागि आइतबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रमुख प्रशासक जितेन्द्र धिताल र तामाकोशी जलविद्युत् कम्पनीका कार्यकारी अधिकृत विनोद भण्डारीले लगानी सम्झौतापत्रमा हस्ताक्षर गरे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा उक्त ऋण सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
निर्माण सुरु भएको ४ वर्षमा सक्ने लक्ष्य रहेको तामाकोशी जलविद्युत्का प्रमुख कार्यकारी निर्देशक विनोद भण्डारीले बताए । लागतको ६५ प्रतिशत बराबर रकम कोषको ऋण र ३५ प्रतिशत स्वपुँजीको छ । स्वपुँजीमा विद्युत् प्राधिकरणको ६८ र सर्वसाधारण समूहको ३२ प्रतिशत लगानी रहने सम्झौतामा उल्लेख छ । आयोजना निर्धारित समयमा बन्ने ऊर्जामन्त्री बस्नेतले विश्वास व्यक्त गरे । नेपालको समृद्धिका लागि जलविद्युत् निकै महत्त्वपूर्ण स्रोत रहेको र यसबाटै प्रगतिको बाटोमा अघि बढ्न सकिने उनको भनाइ छ । ‘हाल जलविद्युत् क्षेत्रको गुणात्मक विकासको संकेत देखिएको छ । यसलाई सही ढंगले प्रयोग गरी आत्मसात् गर्दै अघि बढ्नुपर्छ,’ बस्नेतले भने ।
कोषले आयोजनाबाट आएको पैसा पुनः अर्को आयोजनामा लगानी गर्नु उपयुक्त हुने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाइ छ । माथिल्लो अरुण तथा बेतन कर्णाली बनाउन प्राधिकरण तयार रहेको र यसका लागि कोषले ऋण लगानी गर्ने आशा रहेको उनले बताए । कोषसँग पर्याप्त लगानी रकम रहेको र १०६१ मेगावाटको माथिल्लो अरुणमा ५० अर्ब लगानी गरे पनि समस्या नहुने घिसिङको दाबी छ ।
८१५ मेगावाटका आयोजनामा कोषले ६० अर्बभन्दा बढी लगानी गरिसकेको र बेतन कर्णालीमा लगानी गर्न पनि कोष तयार रहेको कोषका प्रमुख कार्यकारी अधिकृत धितालले बताए । आयोजनाले ८ किमि सुरुङ, विद्युत् गृह, करिब २ किमि दूरीको २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्ने जनाएको छ । गत मंसिरमा प्राधिकरणसँग आयोजनाले विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको कम्पनीले जानकारी दिएको छ ।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...