दोलखामा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता : ७ देशका २०० जना खेलाडी सहभागी हुने

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

दोलखा ३ जेष्ठ । सदरमुकाम चरिकोटमा शनिवारबाट अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने भएको छ । यस अघि चार पटक अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता भई सकेको दोलखामा यो पाँचाै शृङ्खला आदर्श नेता स्व. भीमबहादुर तमाङ्काे स्मृतिमा चेस होम दोलखाले आयोजना गर्न लागेको अध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपाल च्याम्पियन भई सकेको १० जना खेलाडी सहित विभिन्न सात देशका दुई सय खेलाडीको सहभागिता रहने अध्यक्ष श्रेष्ठकाे भनाई छ । प्रतियोगितामा प्रथमले एक लाख, द्वितीयले ६० हजार र तृतीयले ४० हजार नगद पुरस्कार पाउने छन् । सबै विधामा गरि ४७ खेलाडी पुरस्कृत हुने र पुरस्कारमा मात्र झण्डै पाँच लाख खर्च हुने आयोजकले जनाएको छ ।

खेल सञ्चालन हुने पूर्व सन्ध्यामा भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धरले अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको ट्रफी सार्वजनिक गर्नु भएको छ । ट्रफी सार्वजनिक कार्यक्रम आयोजक चेस होम दोलखाको अध्यक्ष गोविन्द श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।

युवा सकारात्मक परिवर्तनका संवाहक हुन
1 घण्टा अगाडि साझा दृष्टि संवाददाता

नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा निति २०७२ ले १६ देखि ४० बर्षको उमेर समूहलाई...

स्व. गिरिजाप्रसाद कोईरालाको स्मृतिमा सभापति लामाले गरे निःशुल्क कोचिङ कक्षाको उद्घाट
2 घण्टा अगाडि राजन बस्नेत

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व पाटि सभापति स्व. गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसका अवसरमा जी.पी. कोईराला फाउन्डेसन...

नयाँ वर्षको अवसर पारी चरिकोटमा स्ट्रिट फुड फेस्टिभलको आयोजना गरीने
राजन बस्नेत

सडकमै खाऔँ, सडकमै रमाऔँ – रैथाने स्वाद र संस्कृतिसँगै नयाँ वर्ष चरिकोटमा मनाऔँ भन्ने नारासहित नयाँ वर्षको अवसरमा चरिकोटमा...

नेपाल विद्यार्थी संघ दोलखाको क्षेत्रीय अध्यक्षमा नोर्गेन शेर्पा र सन्देश कोइराला चयन
राजन बस्नेत

नेपाल विद्यार्थी संघ (नेविसंघ) दोलखाले क्षेत्र नं १ (प्रदेश सभा ‘क’ र ‘ख’) का अध्यक्षहरू चयन गरेको छ। संगठनले...

अष्ट्रेलिया पढ्न जान ‘ ग्लोबल कन्सल्टमा भर्ना अभियान’
राजन बस्नेत

काठमाण्डौं , विदेशमा पढ्न जाने विद्यार्थीहरु माझ भरपर्दो कन्सल्टेन्सीका रुपमा परिचित ग्लोबल कन्सल्ट काठमाण्डौंले  ‘अष्ट्रेलिया एडमिसन डे’ को आयोजना...

९८.९९ प्रतिशत अंक दाबी गरेका कुलमानलाई सरकारले दियो शून्य अंक
साझा दृष्टि संवाददाता

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शून्य नम्बर दिएको छ। आर्थिक वर्ष २०८०/८१...

.