शुशिला शर्मालाइ विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार

राजन बस्नेत

राजन बस्नेत

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले स्थापना गरेको यो पुरस्कारबाट साहित्यकार शर्मालाई दश हजार राशिसहित सम्मान पत्रले पुरस्कृत गरिएको हो ।
विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले वार्षिक रुपमा कला साहित्य र संस्कृतिको क्षेत्रमा कलम चलाउने एक जना स्रष्टालाई पुरस्कृत गर्दै आएको छ । समितिले २०६७ सालदेखि निरन्तर रुपमा एक जना स्रष्टालाई नगदसहित पुरस्कृत गर्दै आएको विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका संरक्षक चिरञ्जीवी मास्केले बताउनु भयो ।
साहित्यकार तथा पत्रकार चिरञ्जीवी मास्केले जन्म दिने र कर्म दिने दुवैआमाहरुको नाममा साहित्य पुरस्कार स्थापना गरेको पुरस्कार यो वर्ष उपन्यास,नाटक,कथा र कविताका क्षेत्रमा कलम चलाउँदै आउनु भएकी साहित्यकार शर्मालाई प्रदान गरिएको हो ।

साहित्यिक पुरस्कार वितरणको साथै विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाको १३ औं वार्षिक साधारण सभा पनि सम्पन्न भएको छ । समितिले वार्षिक साधारण सभाको अवसरमा प्रदेय नामक साहित्यिक स्मारिका पनि सार्वजनिक गरेको छ । भीमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर,भानुविद्यापती साहित्य पुरस्कार समितिका अध्यक्ष शंङ्करलाल श्रेष्ठ,नेपाल बार एसोेसियसनका अध्यक्ष कृष्ण बस्नेत,नेपाल पत्रकार महासंघ दोलखाका सचिव सुजन कापले,पूर्व अध्यक्ष दीपशङ्कर चौलागाईँ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

पुरस्कार वितरण तथा प्रदेय सार्वजनिक कार्यक्रम विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका अध्यक्ष विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका अध्यक्ष विष्णु सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

युवा सकारात्मक परिवर्तनका संवाहक हुन
2 घण्टा अगाडि साझा दृष्टि संवाददाता

नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा निति २०७२ ले १६ देखि ४० बर्षको उमेर समूहलाई...

स्व. गिरिजाप्रसाद कोईरालाको स्मृतिमा सभापति लामाले गरे निःशुल्क कोचिङ कक्षाको उद्घाट
3 घण्टा अगाडि राजन बस्नेत

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व पाटि सभापति स्व. गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसका अवसरमा जी.पी. कोईराला फाउन्डेसन...

नयाँ वर्षको अवसर पारी चरिकोटमा स्ट्रिट फुड फेस्टिभलको आयोजना गरीने
राजन बस्नेत

सडकमै खाऔँ, सडकमै रमाऔँ – रैथाने स्वाद र संस्कृतिसँगै नयाँ वर्ष चरिकोटमा मनाऔँ भन्ने नारासहित नयाँ वर्षको अवसरमा चरिकोटमा...

नेपाल विद्यार्थी संघ दोलखाको क्षेत्रीय अध्यक्षमा नोर्गेन शेर्पा र सन्देश कोइराला चयन
राजन बस्नेत

नेपाल विद्यार्थी संघ (नेविसंघ) दोलखाले क्षेत्र नं १ (प्रदेश सभा ‘क’ र ‘ख’) का अध्यक्षहरू चयन गरेको छ। संगठनले...

अष्ट्रेलिया पढ्न जान ‘ ग्लोबल कन्सल्टमा भर्ना अभियान’
राजन बस्नेत

काठमाण्डौं , विदेशमा पढ्न जाने विद्यार्थीहरु माझ भरपर्दो कन्सल्टेन्सीका रुपमा परिचित ग्लोबल कन्सल्ट काठमाण्डौंले  ‘अष्ट्रेलिया एडमिसन डे’ को आयोजना...

९८.९९ प्रतिशत अंक दाबी गरेका कुलमानलाई सरकारले दियो शून्य अंक
साझा दृष्टि संवाददाता

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शून्य नम्बर दिएको छ। आर्थिक वर्ष २०८०/८१...

.