शुशिला शर्मालाइ विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार
राजन बस्नेत
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले स्थापना गरेको यो पुरस्कारबाट साहित्यकार शर्मालाई दश हजार राशिसहित सम्मान पत्रले पुरस्कृत गरिएको हो ।
विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले वार्षिक रुपमा कला साहित्य र संस्कृतिको क्षेत्रमा कलम चलाउने एक जना स्रष्टालाई पुरस्कृत गर्दै आएको छ । समितिले २०६७ सालदेखि निरन्तर रुपमा एक जना स्रष्टालाई नगदसहित पुरस्कृत गर्दै आएको विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका संरक्षक चिरञ्जीवी मास्केले बताउनु भयो ।
साहित्यकार तथा पत्रकार चिरञ्जीवी मास्केले जन्म दिने र कर्म दिने दुवैआमाहरुको नाममा साहित्य पुरस्कार स्थापना गरेको पुरस्कार यो वर्ष उपन्यास,नाटक,कथा र कविताका क्षेत्रमा कलम चलाउँदै आउनु भएकी साहित्यकार शर्मालाई प्रदान गरिएको हो ।
साहित्यिक पुरस्कार वितरणको साथै विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाको १३ औं वार्षिक साधारण सभा पनि सम्पन्न भएको छ । समितिले वार्षिक साधारण सभाको अवसरमा प्रदेय नामक साहित्यिक स्मारिका पनि सार्वजनिक गरेको छ । भीमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर,भानुविद्यापती साहित्य पुरस्कार समितिका अध्यक्ष शंङ्करलाल श्रेष्ठ,नेपाल बार एसोेसियसनका अध्यक्ष कृष्ण बस्नेत,नेपाल पत्रकार महासंघ दोलखाका सचिव सुजन कापले,पूर्व अध्यक्ष दीपशङ्कर चौलागाईँ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
पुरस्कार वितरण तथा प्रदेय सार्वजनिक कार्यक्रम विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका अध्यक्ष विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका अध्यक्ष विष्णु सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित
विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा
साझा दृष्टि संवाददातालुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।२५...
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
साझा दृष्टि संवाददातादोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न...
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाताकाठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
साझा दृष्टि संवाददाताकाठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५...
नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाताबागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...
नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाताएसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ। ...
