जिल्लाकै उत्कृष्ट परोपकार महिला साकोसको वार्षिक साधारण सभा सभ्य र भब्य रुपमा सम्मपन्न

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

आश्विन १७ ,दोलखा । बचत तथा ऋण सहकारी संस्था लि. को वार्षिक साधारण सभा सम्पन्न भएको छ । सदरमुकाम चरिकोटमा आज १३ वार्षिक साधारण सभा सम्पन्न भएको हो । साकोसले वर्षभरि गरेका गतिविधिहरु र संस्थाको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा आयोजना गरिएको छ ।

महिलाहरुको आर्थिक तथा सामाजिक रुपमा अगाडि बढाउनको लागि महिलाहरुले मात्र नेतृत्व गरेका सहकारी हो । यस सहकारी महिलाहरु मात्रै संगठित भएर २०६८ सालामा स्थापना गरिएको हो । यस सहकारीको भीमेश्वर नगरपालिकाभरी कार्यक्षेत्र रहेको छ । बचत तथा ऋणको कारोवार गर्नुको साथै महिलाहरुको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको लागि पनि विभिन्न गतिविधिहरु गर्दै आएको छ । आर्थिक वर्ष २०८०÷८१ को अन्त्यसम्म २ हजार १ सय ४६ जना शेयर सदस्य र ४५० जना बाल बचतकर्ता रहेको संस्थाका अध्यक्ष शर्मिला सापकोटाले जानकारी दिनुभयो । साथै यस संस्थामा १५ करोड ४६ लाख २ हजार ३ सय ३२ बराबराको पूँजी परिचालन भएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

वार्षिक साधारण सभाको अवसरमा संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । संस्थाका ज्येष्ठ बचत शेयर सदस्य कृष्ण कुमारी थापा, सावित्रा न्यौपानेलाई सम्मान गरिएको अध्यक्ष साापकोटाले जानकारी दिनुभयो । त्यस्तै उत्कृष्ट मासिक बचतकर्र्ता रजनी तामाङ र उत्कृष्ट दैनिक बचतकर्ता सोनी थापा रहेका छन् । त्यस्तै उत्कृष्ट मासिक र दैनिक ऋण कारोबार गर्ने शेयर सदस्यहरुलाई पनि सम्मान गरिएको छ ।

संस्थाले पूर्वसञ्चालक मन्दिरा दाहाल र उत्कृष्ट कार्यसम्पादन कर्मचारी गीता वाग्लेलाई पनि सम्मान गरिएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । साधारण सभा संस्थाका अध्यक्ष शर्मिला सापकोटाको अध्यक्षता र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का महासचिव जिवसराज खड्काको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघ दोलखाका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद दाहाल, उपाध्यक्ष जगत प्रसाद सुवेदी र पत्रकार दीपशंकर चौलागाई लगायतले शुभकाकामना मन्तव्य व्यक्त गर्नुभएको उपाध्यक्ष अप्सरा चौलागाईले जानकारी दिनुभयो ।

त्यस्तै संस्थाको प्रगतिप्रतिवेदन सचिव कल्पना आचार्य र आर्थिक प्रतिवेदन कोषाध्यक्ष भवानी खड्काले प्रस्तुत गर्नुभएको थियो ।

प्रहरीको ज्यादती : युवक माथी प्रहरीको बुट
राजन बस्नेत

चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा...

भीमेश्वर ५ वडा अध्यक्ष कप छात्र फुटबल प्रतियोगिताको उपाधि द राइजिङ स्टार स्कुल चरीकोटलाइ
राजन बस्नेत

भीमेश्वर नगरपालिका वडा नम्बर ५ द्वारा आयोजित दोस्रो जिल्लाब्यापी मा.वि. स्तरीय छात्र फुटबल प्रतियोगिता – २०८१ ‘वडा अध्यक्ष कप’...

विश्वकपमा इतिहास रच्दै नेपाली खो खो टोली महिला र पुरुष दुवै फाइनलमा
राजन बस्नेत

भारतमा जारी खो खो विश्वकपमा नेपालको पुरूष टोली पनि फाइनल प्रवेश गरेको छ । यसअघि महिला टोलीले फाइनलको यात्रा...

अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकालाइ
राजन बस्नेत

दोलखा  जिल्ला कप अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकाले हात पारेको छ । जिल्ला भलिबल संघ...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु
राजन बस्नेत

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु भएको छ । लामोसाँघु-जिरी सडक खण्डको सिन्धुपाल्चोक स्थित ८ किलो नजिकै दोलखाबाट काठमाडौं...

दोलखाको भीमेश्वरमा कांग्रेसलाइ जनताको साथ : उर्लियो जनमास
राजन बस्नेत

नेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमिति दोलखा द्वारा आयोजित नेपाली कांग्रेसका १०० दिने प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रम भब्य रुपमा...

.